२८ भाद्र २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सामाजिक परीक्षण

माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक

साउन २७, २०८३, २:१५ .बुधबार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ साउन । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेतीले माइती नेपाल एउटा ब्राण्डकाे रूपमा परिचित रहेकाे बताएकी छन् ।

बुधबार माइती नेपालले काँकरभिट्टा क्याम्पसकाे सभा हलमा आ.व. २०८२/०८३ काे बार्षिक प्रगति विवरणकाे सामाजिक लेखा परीक्षण सम्बन्धि कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेतीले महिला, बालबालिका तथा विकृति विसंगति विरूद्धकाे क्षेत्रमा काम गरिरहेकाेले ´केल्मी` कपडा जस्तै ब्राण्ड बनिसकेकाे बताइन् ।

´म उपप्रमुख नहुँदादेखि नै माइती नेपालले काँकरभिट्टा क्षेत्रमा महिला तथा बालबालिकाकाे हित राम्राे काम गरिरहेकाे छ´-´हामी उहीँ बेलादेखि सहयाेग र साथ दिइरहेका छाैं । `

कार्यक्रममा सामाजिक संघ-संस्था र सराेकारवाला निकायबाट सामाजिक परीक्षणमा सहभागी सबैले माइती नेपालकाे राम्राे पक्षमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगरकी उपप्रमुख उप्रेती, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी यज्ञबहादुर थापा, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कमल विष्ट, बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बू, काँकरभिट्टा माविका प्रतिनिधि कृष्ण राजबंशी, आफन्त नेपालका मात्रिका गुरूङ लगायतले सीमा नाकामा सबैकाे समन्वय र सहकार्यमा एक भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सुपरभाइजर पविना थपलियाले प्राेजेक्टर मार्फत बार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

२०८२/०८३ काे विवरणमा बाेर्डरबाट दलाल वा लुकुछिपि भारत जान लागेका १७६ जनालाई राेकिएकाे, भारतबाट ६ जनालाई उद्वार गरिएको, ८ जना घरेलु हिंसामा परेका, हराएर निवेदन परेका ४५ जना मध्ये २१ जना फेला परेकाे उल्लेख छ ।

यसैगरी, २०८१/०८२ मा बाेर्डरबाट लुकुछिपि भारत जान लागेका १५९ जनालाई राेकिएकाे, भारतबाट ४ जनालाई उद्वार गरिएको, ७ जना घरेलु हिंसामा परेका, हराएर निवेदन परेका ६९ जना मध्ये २० जना फेला परेकाे र बलात्कार सम्बन्धि २ वटा मुद्दा रहेकाे उल्लेख छ ।

यस्तै संस्थाले मेचीनगर नगरपालिका, वडा कार्यालय, विभिन्न सामुदायिक र निजी विद्यालयमा विद्यार्थीहरू तथा प्रहरी-प्रशासनसँगकाे सहकार्यमा सचेतनामुलक कार्यक्रमहरू गरेकाे छ ।

संस्थाले २०८२/०८३ सालकाे बजेट ११ लाख २९ हजार ४३२ रूपैयाँ खर्च गरेकाे जानकारी गराएकाे छ ।

माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गाेविन्द घिमिरेकाे अध्यक्षतासहित कार्यक्रमकाे औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमकाे स्वागत माइती नेपाल काँकरभिट्टाकी परामर्शकर्ता हेमन्ता बुढाथोकीले गरेकी थिइन् ।

पछिल्लो समाचार

भारतबाट उद्वार गरिएका ४ बालबालिकाकाे परिवारलाई जिम्मा

अघिल्लो समाचार

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

Related Posts

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी
banner

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी

भदौ २४, २०८३, १२:०२ .बुधबार
म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद
banner -1

म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद

भदौ २३, २०८३, ५:०६ .मङ्लबार
४ पूर्व शिक्षक सम्मानित, अध्यक्षमा फेरि घिमिरे
banner -2

४ पूर्व शिक्षक सम्मानित, अध्यक्षमा फेरि घिमिरे

भदौ २२, २०८३, ५:०८ .सोमवार
प्रस्तावित हात्ती काेरिडाेर फिर्ता लिन अभियानकाे माग
banner -2

प्रस्तावित हात्ती काेरिडाेर फिर्ता लिन अभियानकाे माग

भदौ २१, २०८३, ९:४८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.