झापा, ११ असाेज । बिर्तामोड स्थित चारपानेकाे सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकाेस) चारपानेको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणना परिणाम अनुसार
अध्यक्षमा खतिवडा, भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले प्रतिष्पर्धा गरेका थिए ।
अध्यक्ष खतिवडाले २१ हजार ९८४ मत प्राप्त गरी विजयी भएका हुन् । गिरीले ४ हजार २६३ र ओलीले ७ हजार ३९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा १८ हजार ९३९ मत प्राप्त गर्दै नेत्रबहादुर नेपाल विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु टेकनाथ खनाल (टंक) ले ४७९९, हेमराज गिरीले ४०९५ र ज्ञानुनाथ मैनालीले ५६२७ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा पार्वता भारती गिरीले २० हजार ८१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनका प्रतिस्पर्धी खीनमाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र सुश्री हरिमाया सिग्देलले ३८७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषध्यक्षामा १९ हजार ५६३ मत प्राप्त गर्दै लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छनु भने उनको प्रत्यासि भीमबहादुर गिरी ७०४३ मत र भोला धितालले ६२४२ मत प्राप्त गरे ।
समितिको खुल्ला सदस्यमा १६ जनाको उम्मेद्वारी रहेकोमा नारायणप्रसाद गिरीले ११८१६, मदनराज कटुवालले १२८२७ र रमेश सेडाईले ९४२५ मत ल्याएर विजयी भएको निर्वाचन समितिका सदस्य सचिव दिनेशबहादुर निरौलाले जानकारी दिए ।
त्यसैगरी महिला सदस्यमा राधिका चुडाल (हुमागाई) १२०४२ मत र शिखा खड्का १३०४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महिला सदस्यका लागि सात जना चुनावी मैदानमा उत्रिएका थिए । यस्तै, लेखा सुरपरिवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित भएका छन् ।
उनले १९ हजार ५७० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार शंकर सुवेदीले ११ हजार ६५९ मत प्राप्त गरेका हुन् । लेखा सुरपरिवेक्षण समितिको सदस्यमा बबिता घिमिरे १७ हजार २२७ मत र सुनिल कार्की १५ हजार ४८८ मत ल्याएर विजयी भएका छन् ।
देशकै सबैभन्दा ठूलो सहकारी सहारा नेपालमा एक लाख ९७ हजार ५५२ जना मतदाताले मतदानदगरेका थिए । सहाराकाे ६ वटा जिल्ला कार्यक्षेत्रका ८० वटा केन्द्र मार्फत सेवा दिइरहेको छ । संस्थामा १२ पदका लागि ४५ जना उम्मेदवार थिए । मतदान शनिवार सम्पन्न भएको थियाे ।




Discussion about this post