
मेचीनगर, २६ असाेज । शिल गरिएका ल्याव र क्लिनिकका औषधि पसलका सञ्चालकले जरिवाना बुझाएपछि ताला खाेलिएकाे छ ।
साेमबार मेचीनगर नगरपालिकाले पाँच वटा औषधि पसलका शिल गरिएका ल्याव र क्लिनिककाे ताला खाेलेकाे हाे ।
काँकरभिट्टाकाे बरूनाभकाे ल्याव र क्लिनिक, भराेषा मेडिकलकाे ल्याव र क्लिनिक, तेजस्वी फार्मेसीकाे ल्याव र क्लिनिक, ईटाभट्टाकाे रस्मिका फार्मेसीकाे ल्याव र धुलाबारीकाे प्रतिमा जमुना मेडिकलकाे ल्यावकाे शिल खाेलिएकाे बजार अनुगमन टाेलीका प्रमुख दिपेन्द्र कार्कीले बताए ।
उनीहरूलाई कारवाही स्वरूप जनही ७५ हजारका दरले जरिवाना गरिएको थियाे । उक्त रकम बुझाएपछि ताला खाेलिएकाे छ ।
बजार अनुगमनका क्रममा उनीहरूसहित १३ वटा औषधि पसलका ल्याव, क्लिनिक बिना ईजाजत सञ्चालनमा रहेकाे पाइएपछि शिल गरिएको थियाे ।
अहिलेसम्म कारवाहीमा परेका १३ मध्ये ८ वटाले जरिवाना तिरेर ताला खाेले भने अब ५ वटाले तिर्न बाँकी रहेकाे स्वास्थ शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।
आज मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनाल, ७ का वडा अध्यक्ष प्रलादमणि ओली, ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, स्वास्थ शाखा प्रमुख सापकोटा, टाेली प्रमुख कार्की, नगरप्रहरी प्रकाश बानियाँ लगायत औषधि पसलका सञ्चालकहरूकाे उपस्थिति रहेकाे थियाे ।




Discussion about this post