काँकरभिट्टा, २० कार्तिक । झापामा बाल विवाह न्युनिकरणका लागि आगामी मंसिर पहिलाे हप्तादेखि पालिका स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
शुक्रबार महिला जनचेतना केन्द्र मेचीनगर-६ ले पत्रकार सम्मेलन गरेर साे कुरा जानकारी गराएकाे हाे ।
´बाल विवाह अन्त्य अभियानमा, महिलाकाे शक्ति खेल मैदानमा` भन्ने मुल उदेश्यसहित केन्द्रले आगामी मंसिर ९ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर पालिका महिला फुटबल प्रतियाेगिता गर्ने भएको छ ।
केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधानले भनिन्-जिल्लामा बाल विवाह न्युनिकरण गर्न विभिन्न माध्यमबाट प्रयास गरिरहेका छाैं । अब खेलकुदकाे माध्यमबाट पनि नियन्त्रण गर्न सन्देश दिन चाहान्छाैं ।`
९ लाख ६२ हजार एकसय रूपैयाँ अनुमानित बजेट लक्ष्य रहेकाे प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख ११ हजार र उपवपजेतालाई ५१ हजार रूपैयाँ पुरस्कार रहेकाे सहकार्य गरिरहेकाे जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेतले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका लागि सहकार्य गरेका काँकरभिट्टाका अन्य फुटबल क्लबले उपविजेताकाे पुरस्कार सहयाेग गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार १००, उत्कृष्ट गाेलरक्षक, सर्वाधिक गाेलकर्ता, वेष्ट डिफेन्स, वेष्ट मिट फिलेड, वेष्ट काेचलाई जनही तीन हजार १००, प्रत्येक खेलकाे म्यानअफ दि म्याचलाई एक हजार ५०० पुरस्कार प्रदान गरिने उनले बताए ।
स्वास्थ्य र सुरक्षाकाे समेत तयारी गरिएको महिला फुटबल प्रतियोगिताकाे मुख्य उदेश्य महिला र किशोरीलाई फुटबल खेलमा सहभागी गराउने, उनीहरूकाे आत्मविश्वास, नेतृत्व र निर्णय क्षमता विकास, प्राेत्साहन, लैङ्गिक समानता, सचेतना, सशक्तीकरण, प्रशिक्षक, पेशागत विकास, स्थानीय तहहरूमा महिला खेलकुदकाे विकासका लागि समन्वय लगायत रहेकाे केन्द्रकी अध्यक्ष सीता गुरूङले बताइन् ।
अहिलेसम्म झापाका १५ वटा पालिका मध्ये १० वटाले सहभागीका लागि पत्र पठाएको आयोजककाे भनाई छ ।प्रतियोगिता काँकरभिट्टाकाे खेल मैदानमा हुनेछ ।




Discussion about this post