धुलाबारी, ४ फागुन । मेचीनगर नगरपालिका उपमेयर एवम् अनुगमन टोलीकी संयोजक मीना पोखरेल उप्रेतीको टोलीले विहीबार नगरको विभिन्न स्थानमा सञ्चालनमा रहेका कारखाना तथा वर्कसप (ग्यारेज) हरूको अनुगमन गरेको छ ।
‘सडक पेटीमा व्यवसाय सञ्चालन गर्दा दुर्घटनाका सम्भावना ज्यादै हुन्छ’, उप्रेतीले भनिन्–‘त्यसले धनजनको क्षति हुने भएकाले यसतर्फ सबै गम्भीर बन्न पर्छ । मेचीनगर नगरपालिका, कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका, २०८० अनुसार सञ्चालन गर्नु पर्छ ।’
निर्देशिका अनुसार सञ्चालन नभएका त्यस्ता व्यवसायीहरूलाई आफ्ना कागजातसहित नगरपालिकामा उपस्थित हुन् र त्यसमा नगरपालिकाले सहयोग गर्ने उनको भनाई छ । टोलीले नगरका विभिन्न क्षेत्रका १० वटा कारखाना तथा वर्क सपको अनुगमन गरेको थियो ।
उपमेयर उप्रेतीले कोभिडका कारण थला परेका विभिन्न व्यवसायलाई पुरानै लयमा फर्काउन स्थानीय सरकार लागि परेको र यसमा सवैको साथ सहयोग अपरिहार्य रहेको बताइन् ।
अनुगमन टोलीमा नगरका सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, सचिव माधवलाल अर्याल, सदस्य सुरेन्द्र बुढाथोकी, मेचीनगर नगर प्रहरी सहायक निरीक्षक श्याम गिरी लगायतको सहभागिता रहेको थियो ।




Discussion about this post