३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आदर्श मावि भवनको बजेट नगरपालिकाले रोकेको दावी

फाल्गुन १७, २०८०, १२:११ .बिहिबार
0
0
0
SHARES
324
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ फागुन । मेचीनगर नगरपालिकाले संघीय सरकारको विशेष अनुदानबाट आदर्श मावि इटाभट्टालाई आइरहेको बजेट नदिन रोक्ने निर्णय गरेको छ ।

विहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले संघीय सरकारबाट विशेष अनुदानको रूपमा ल्याएको बजेट रोक्न, नगरपालिकाले सिफारिस नगर्ने निर्णय गरेको जानकारी दिएको हो ।

विद्यालयको स्तरउन्नति र पूर्वाधारका लागि संघीय सरकारले ३ वर्षमा सक्ने गरि १८ कोठाको सुविधा सम्पन्न भवन निर्माणका लागि ६ करोड ९ लाख १३ हजार ४८६ रूपैयाँ बजेट छुट्टाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले बताए ।

उनका अनुसार क्रमागत बजेट अन्तरगत पहिलो चरणमा एक करोड १५ लाख बजेट आएर विद्यालयको ८ कोठाको भवन निर्माण भइरहेको छ । गत पुस ६ गते उक्त भवनको शिलान्यास मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकीले गरेका थिए, खड्काले भने– ‘अहिले उहीँ मेयर, उपमेयर मीना पोखरेल उप्रेतीले अब आउने बाँकी रकम रोक्ने निर्णय गरेर विद्यालयलाई सिफारिस दिएनन् ।’

उनले भने –‘दोस्रो चरणको किस्ताका लागि बजेट माग गर्न राष्ट्रिय योजना आयोगमा नगरपालिका मार्फत सिफारिस पठाउनु पर्ने थियो । तर, नगरपालिकाले सिफारिस नगरेर उल्टै बजेट नपठाउनु भनेर रोक्ने सिफारिस पठाएको छ ।’

नगरपालिकाले गत माघ २८ गते उक्त माविको भवनका लागि दोस्रो र तेस्रो किस्ताको बजेट रोक्ने निर्णय गरेर राष्ट्रिय योजना आयोगमा पठाएको विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताए ।

गत आइतबार नगरपालिकामा यस विषयमा छलफल भएको थियो । छलफलमा उपमेयर उप्रेतीले आदर्श माविको अब आउने बजेट काटेको बताएको प्रअ पुरीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

उक्त बजेट अन्य विद्यालयमा पठाउने नगरपालिकाको योजना छ । तर, यस विद्यालयमा आएको विशेष अनुदानको बजेट अन्य विद्यालयमा लान नसक्ने अध्यक्ष खड्काको जिकिर छ ।

माथिबाट विद्यालयले ल्याएको बजेट हो, खड्काले भने– ‘नगरपालिकाले ठेक्का लगाए पनि प्रक्रियाका लागि मात्र सिफारिस गर्ने हो ।’ यस विषयमा नगरपालिकाका मेयर बुढाथोकीले विशेष अनुदानमा आएको बजेट नगरपालिकालाई आएको दावी गरेका छन् ।

‘यो आर्थिक वर्षको क्रमागत बजेट अन्तरगत यसपटक आदर्श माविलाई दियो । अबको बाँकी बजेट अन्य २ वटा विद्यालयका लागि सिफारिस गरेर पठाइएको छ’, उनले भने ।

उनका अनुसार अर्को वर्षका लागि ज्यामिरगढी मावि र चारआलीको शहिद दशरथ चन्द माविलाई बजेट ल्याउने गरिको सिफारिस गरिएको छ ।

पछिल्लो समाचार

झापा गोल्डकप : उद्घाटनमा गायक महेश र अस्मिताको प्रस्तुति

अघिल्लो समाचार

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नछाड्ने प्रचण्डको संकेत

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.