२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओलम्पियन धावक मेनुका राउत सम्मानित

फाल्गुन २३, २०८०, ४:४९ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ फागुन । प्रथम ओलम्पियन धावकको रुपमा इतिहास सच्न सफल झापाकी मेनुका राउत सम्मानित भएकी छिन् ।

मंगलबार वीरता लेडी जेसिजको पूर्वअध्यक्ष क्लबले उनलाई ‘उत्कृष्ट नारी सम्मान’ प्रदान गरेको हो ।

सम्मानसँगै झापाका ५० वटा सामाजिक संस्थाले उनको नागरिक अभिनन्दन समेत गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनलाई विर्तामोडको इन्द्रेणी ब्यांकेटमा विशेष समारोहबीच सम्मान तथा अभिनन्दन गरिएको हो ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी सामाजिक मामिला तथा कानून मन्त्री सुनिताकुमारी गुरुङ थिइन् ।

मेचीनगर–७, जोरसिमल निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको सिओलमा आयोजित ओलम्पिक खेलकुदमा एथलेटिक्समा नेपालको पहिलो महिला धावकको रुपमा भाग लिएकी थिइन् ।

वीरता लेडी जेसीजले हरेक वर्ष एकजना महिला प्रतिभालाई उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको छ । यसअघि गिरीराजकुमारी प्रसाईं, प्रभा घिमिरे र जीना लिङ्देन सम्मानित भइसकेका छन् ।

सम्मान तथा नागरिक अभिनन्दनपश्चात उनलाई विर्तामोड बजार परिक्रमा गराई मेचीनगर स्थित निजी निवाससम्म एस्कर्टिङसहित पुर्याइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटिकी पूर्व कोषाध्यक्ष अम्बिका भण्डारी र वीरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहाल रहेको तीन सदस्यीय छनौट समितिले यसवर्षको सम्मानित प्रतिभाको चयन गरेको थियो ।

वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबकी संयोजक कञ्चन सिटौला ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्री गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल जेसीजका उपाध्यक्ष भीम कुँवर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा स्वागत मुना ओली, कार्यक्रमको औचित्य बारे स्वस्तिका आचार्य र सञ्चालन संगीता गिरीले गरेकी थिइन् ।

पछिल्लो समाचार

‘समावेशी समाजका लागि मिडियाको खबरदारी जरुरी’

अघिल्लो समाचार

आर्मी झापा गोल्ड कपको सेमिफाइनलमा

Related Posts

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner -1

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.