१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा र बाहुनडाँगी युवा क्लब फाइनल भिड्दै

चैत्र २०, २०८०, ३:१३ .मङ्लबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २० चैत । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनलमा रोलिङ फुटबल क्लब धुलाबारीविरुद्ध १–० को कठिन जीत निकाल्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर उपाधि नजिक पुगेको हो ।

काँकरभिट्टाका आशिष चापागाईले गरेको एक गोलनै निर्णायक बन्यो । ६४ औँ  मिनेटमा आशिषले गरेको प्रहारले सिधैँ जाली चुमेको थियो ।

खेल अवधिभर धेरै समय बल पोजिसनमा राखेको काँकरभिट्टाले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको १५ औँ मिनेटमा काँकरभिट्टाका आशिष चापागाईले गरेको कर्नर किकलाई सञ्जित राईले गरेको हेडलाई धुलाबारीको डिफेन्सले क्लियर गरेका थिए ।

त्यसैगरी, २२ औँ मिनेटमा काँकरभिट्टाका योगेश गुरुङले गरेको फ्रिकिक प्रहारलाई सञ्जय धिमालले हेडमार्फत गोल पोष्टको दिशा देखाएपनि गोलरक्षक युवराज पुरी बाधक बन्दा अग्रता लिन सकेन । ३४ औँ मिनेटमा काँकरभिट्टाका सञ्जय धिमालले दोश्रो बार च्याप्दै हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

५२ औँ मिनेटमा काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वाले गरेको प्रहार गोलरक्षक युवराज पुरीले पन्च गरेर बचाए । इञ्जुरी समयमा धुलाबारीका पुजन राईले गरेको लेफ फुटेट सर्टलाई काँकरभिट्टाका गोलरक्षक देवेन भुजेलले पन्च गरेर बचाए । खेलको म्यान अफ दी म्याच आशिष चापागाई घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल चैत २२ गते काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र बाहुनडाँगी युवा क्लबबीच हुनेछ । बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

पछिल्लो समाचार

भानु सहकारीको स्वास्थ्य शिविरमा ४३५ जना लाभान्वित

अघिल्लो समाचार

पत्रकार र एम्बुलेन्स चालक पुरस्कृत

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.