९ भाद्र २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेस वडा अधिवेशन

झापामा ५० बढी वडामा सर्वसम्मत

भदौ १९, २०७८, ४:४६ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १९ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत जारी झापा जिल्लाको वडा अधिवेशनमा ५० बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

थुप्रै वडाहरुमा वडा समिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध भएपनि केही वडामा भने क्षेत्रीय प्रतिनिधिमा र केहीमा वडा समितिमा निर्वाचन हुने देखिएको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार झापाको मेचीनगरका ८ वटा वडा, बुद्धशान्तिका–४ वटा वडा, बिर्तामोडका ६ वटा वडा अर्जुनधाराका ५ वटा वडा, कनकाईका–४ वटा वडा, झापाका ७ वटा वडा, शिवसतासीका ३ वटा वडा, कमलको एउटा वडा, गौरादहको २, गौरीगञ्जको २, भद्रपुरका–३ र बाह्रदशीका ४ वटा वडामा निर्विरोध नेतृत्व चयन भइसकेको छ ।

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । यसैगरी बुद्धशान्तिको ६ र ७ नं वडामा पनि सर्वसम्मत रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।

यसैगरी झापा क्षेत्र नं–२ को बुद्धशान्ति १ र २ मा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । अर्जुनधारा नगरपालिका वडा नं ४, ५, ८, १० र ११ मा सर्वसम्मत वडाको नेतृत्व एवं क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएको २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले बताए ।

उनका अनुसार क्षेत्र नं–२ कै विर्तामोड नगरपालिकामा १, २, ६, ८ र ९ का सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । वडा नं–४ मा राजकुमार प्रसाईको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भइसकेको मतदान अधिकृत रेजिना गौतमले बताइन् । क्षेत्रीय प्रतिनिधिका लागि भने बिर्तामोड–४ मा निर्वाचन हुने संभावना देखिएको छ । विर्तामोड–१ मा रघुनाथ सापकोटा, १० मा मदन गुरुङ र ६ मा आसिस बनको नेतृत्वमा वडा समिति चयन भएको हो ।

यसैगरी कनकाई नगरपालिकाको २, ६, ८ र ९ मा पनि निर्विरोध नेतृत्व चयन भएको छ भने १ को वडा कार्यसमिति निर्विरोध चयन भएको छ । १ नं मनोज बस्नेतको नेतृत्वमा वडा समिति चयन भएको हो । झापा क्षेत्र नं–४ अन्तर्गत झापा गाउँपालिकाका सातवटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको ४ नं क्षेत्रीय सभापति जयनारायण शाहले जानकारी दिए । वहाँका अनुसार शिवसतासी नगरपालिकाको वडा नं ३, ६ र १० मा पनि निर्विरोध नेतृत्व चयन भइसकेको छ ।

यसैगरी झापा क्षेत्र नं–३ अन्तर्गत भद्रपुर नगरपालिका–१ मा दधिराम मिश्र, ३ मा समशेर तामाङ र ४ मा स्वराज लिम्बूको नेतृत्वमा वडा समिति निर्विरोध निर्वाचित भएको ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए । उनका अनुसार ती वडाहरुमा क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका छन् । यसैगरी बाह्रदशी गाउँपालिकाको वडा नं १, २, ४ र ५ नं वडामा निर्विरोध नेतृत्व चयन भइसकेको गाउँ सभापति ओमप्रकाश गौतमले बताए ।

झापा क्षेत्र नं–५ अन्तर्गत गौरादह–४ मा नेत्र ढुङ्गाना, दमक–३, ४, ५ र ६ मा सर्वसम्मत मा चैतन्य बराल, ६ मा मणि बुढाथोकीको नेतृत्वमा निर्विरोध वडा कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । यसैगरी गौरीगञ्ज गाउँपालिकाको ५ र ६ नं वडामा निर्विरोध नेतृत्व चयन भएको क्षेत्रीय सभापति ढुण्डि भण्डारीले जानकारी दिए । उनका अनुसार कमल–२ मा पनि निर्विरोध समिति चयन भइसकेको छ ।

वडामा जारी निर्वाचन प्रक्रियामा उम्मेद्वारी दर्ता सकिएको छ भने उम्मेद्वारी फिर्ताको समय बाँकी रहेकाले अरु वडाहरुमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्थानीय मतदान अधिकृतहरुले जनाएका छन् । बाँकी रहेका धेरै वडाहरुमा कार्यसमिति निर्विरोध चयन भएपनि क्षेत्रीय प्रतिनिधिमा भने सहमति जुट्न बाँकी छ ।

गाउँ÷नगरको सभापतिमा समेत क्षेत्रीय प्रतिनिधिले मात्रै भोट हाल्न पाउने भएपछि खुल्ला तथा आरक्षण कोटामा पनि प्रत्यासीहरु बढेका हुन् । झापामा ३३ हजार बढी क्रियाशील सदस्य छन् । वडामा हुने निर्वाचनमा क्रियाशील सदस्यहरुले मतदान गर्न पाउनेछन् ।

पछिल्लो समाचार

रुबिना भारतको केआई स्पोर्ट्सको प्रायोजन

अघिल्लो समाचार

भेरोसेल लगाएका वृद्वलाई एस्ट्राजेनेका !

Related Posts

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद
banner

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

भदौ ८, २०८३, १२:२९ .सोमवार
उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.