मेचीनगर, १९ असोज । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको ऐतिहासिक झापा जिल्ला अधिवेशनले दमक क्याम्पसका पूर्व स्ववियु सभापति सुनिल धिमाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
आज काँकरभिट्टाको सामुदायिक हलमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको ऐतिहासिक झापा जिल्ला अधिवेशनले धिमालको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले कार्य समितिको प्रथम उपाध्यक्षमा सुरज साह, उपाध्यक्षद्वयमा सारंश ढुंगाना र सागर राई, सचिवमा अनिल चौहान, सहसचिवद्वयमा रामशाही ठकुरी र सोफिया खड्का, कोषाध्यक्षमा रोश्नी सापकोटा र सहकोषाध्यक्षमा प्रज्वल भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विपिन अधिकारी, स्मारिका श्रेष्ठ, रविन ढकाल, युनिश मगर, सविना उप्रेती, विरज फुयल, निशान सापकोटा, विराज दाहाल, थमन भुर्तेल, अंकिता ढकाल, रोशन पौडेल, चरणजंग प्रसाई, सञ्जोक खनाल, हिमाल बजगाई, आर्यन श्रेष्ठ, अनुस्का खड्का, स्मित राई, महेन्द्र शर्मा, ममता राजवंशी, अञ्जली बोहोरा, मन्दिरा घिमिरे, प्रतिक पाण्डे, रक्षा खत्री लगायत रहेका छन् ।
नवनिर्वाचित समितिलाई संगठनका केन्द्रीय अध्यक्ष कमल वन, पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायतले खादा टिका लगाएर सम्मान गरेका थिए । अध्यक्ष वनले नवनिर्वाचित समितिलाई सपथ खुवाएका थिए ।




Discussion about this post