३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिसे नगर्ची खोज : भेटियो जन्मघरको भग्नावशेष

कार्तिक ३०, २०७८, १२:१२ .मङ्लबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

।। मोहन काजी ।।
झापा, ३० कात्तिक । नेपाल एकीकरणमा विशेष योगदान पुर्याएका ऐतिहासिक एवम् चर्चित पात्र बिसे नगर्चीको जन्मघरको भग्नावशेष भेटिएको छ ।

गोरखा फाउन्डेसनको पहलमा नगर्चीको इतिहासको खोज तथा अनुसन्धान गर्न झापाबाट हालै गोरखा भ्रमणमा गएको पत्रकारहरुको टोलीले भग्नावशेष फेला पारेको हो । गोरखा नगरपालिका वडा नं. ६ हटियाथोकस्थित गितारडाँडामा सिस्नोको झाडी पन्छाउँदा भग्नावशेष भेटिएको हो ।

भग्नावशेषको रुपमा काठबाट कुँएिको मूल दैलो र ढुङ्गाबाट बनेको गारो (पर्खाल) भेटिएको हो । झाडीभित्र पुरानो घरको अरु अवशेष समेत हुनसक्ने सम्भावना छ । पत्रकारहरु सिस्नोघारी पन्छाएर भग्नावेशषको अग्रभागको तस्वीर तथा भिडियो खिच्न सफल भएका छन् ।

नेपाल एकीकरण सुरु गर्नु अघि गोरखाली सेनाका लागि हतियार किन्न र युद्धको बन्दोबस्त गर्न गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग सल्लाह मागेको इतिहासकारहरु बताउँछन् । सल्लाह लिन घरमै आएका पृथ्वीनारायणलाई नगर्चीले एक रुपैयाँको ढ्याक हातमा थमाइदिदै गोरखा राज्यका १२ हजार घरधुरीसँग यसरी नै एक रुपैयाँका दरले अर्थसंकलन गर्न सुझाव दिएका थिए ।

पृथ्वीनारायणले नगर्चीकै सल्लाह मानेर आर्थिक संकलन गरेको र युद्धको बलियो तयारी गरेर नुवाकोट र उपत्यकाका राज्यहरुलाई एकीकरण गरेको भनाई छ । नेपाल एकीकरण गरेको श्रेय राजा पृथ्वीनारायण शाहलाई जाने भए तापनि उनको अभियानमा बिसे नगर्ची लगायतको योगदानलाई कम आँक्न हुँदैन । तर नगर्ची दलित समुदायकै भएको कारण उनको योगदान र इतिहासको खोज अनुसन्धान हुन सकेको छैन ।

झापाली पत्रकार टोलीलाई नगर्चीका सन्तानमध्येका तिलकुमारी परियार, रेशम परियार र शिवशंकर परियारले जन्मथलोमा पुर्याएका हुन् । ६१ वर्षीया तिलकुमारीले पत्रकारहरुले सिस्नोघारी पन्छाएर फेला पारेको भग्नावशेष नै बिसे नगर्चीको जन्मघर भएको पुष्टि गरिन् ।
‘२०७२ सालको भूकम्पभन्दा अघिसम्म यो घर अलिक सग्लै थियो,’ उनले भनिन्–‘बिसे नगर्चीको घर यही हो भनेर पहिले पनि सबैलाई सुनाउँथ्यौं, तर कसैले वास्ता गरेनन् ।’

झापादेखि आएर नगर्चीको जन्मघर, योगदान र सन्तानको अवस्थाको बारेमा खोजी गरिदिएकोमा उनले गोरखा फाउन्डेसन र पत्रकारहरुलाई धन्यवाद दिएकी छन् । नगर्चीको जन्मघर संरक्षण गरिदिन माग गर्दै आफुले नगरपालिका, राजनीतिक दलका नेता र पुरातत्व विभागमा धेरैपटक धाएको परियारले सुनाइन् ।

फेला परेको भग्नावशेष पुरातात्विक महत्वको भएको हुँदा यसको संरक्षणमा नेपाल सरकार, पुरातत्व विभाग र गोरखा नगरपालिका नै लाग्नु पर्ने झापाली पत्रकारहरुले सुझाव दिएका छन् । सो भग्नावशेष भएको घरमा बिसे नगर्चीको जन्म भएको र कैयन पुस्ता त्यही घरलाई मर्मत सम्भार गरी हुर्किएको बिसे नगर्चीका अर्का सन्तान रेशम परियारले जानकारी दिए ।

इतिहास अनुसार राजा पृथ्वीनारायण शाह नुवाकोटको युद्धमा हार व्यहोरेपछि निराश भएका झोक्रिएर बसेका बेला कान्छी आमाले ‘पृथ्वी किन यसरी पीर मान्छौं ? तिम्रा बुवा पनि कुनै समस्या परेका बेला बिसे नगर्चीसँग सल्लाह माग्थे । जाउँ र सल्लाह लेउ, तिम्रो कल्याण हुनेछ’ भनेकी थिइन् ।

एकाविहानै पृथ्वीनारायण बिसे नगर्चीको घरमा हिँड्दै पुगेका थिए । त्यतिबेला बिसे ओछ्यानबाट उठेकै थिएनन् । उनकी पत्नीले राजा घरतिरै आएको देखेपछि लोटाको पानी छर्किएर बिसेलाई ब्युँझाएकी थिइन् । राजा पृथ्वीनारायण शाहको समस्या सुनिसकेपछि ‘महाराज एकैछिन है’ भन्दै घरभित्र पसेका बिसे नगर्चीले एक रुपैयाँको ढ्याक ल्याएर राजाको हातमा थमाइदिएको इतिहासमा उल्लेख छ ।

नगर्चीले राजालाई गोरखाका सबै रैतिसँग एक एक ढ्याक सहयोग लिन सल्लाह दिएका थिए । उसबेला गोरखामा १२ हजार घर थिए ।
बिसे नगर्चीको घरभन्दा मास्तिर डाँडाको टुप्पामा राजा पृथ्वीनारायणको दरबार रहेको छ । त्यसबेलाको चलन अनुसार बिसे र उनको परिवारले राजाको दरवारमा नगरा बजाउने काम गर्दथे ।

राजा युद्धमा सवारी हुन लाग्दा नगर्चीले सगुन खाने र बिजेता हुन आशिष दिने चलन थियो । बिसेले पृथ्वीनारायण शाहलाई साना राज्यहरु एकीकरण गर्न सफलता मिलोस् भनेर आशिष दिएको पनि भनाई छ । झापाली पत्रकार टोली कार्तिक २३, २४ र २५ गते गोरखाको भ्रमणमा गएका थिए । भ्रमणको सम्पूर्ण आयोजना झापाको गोरखा फाउन्डेसनले गरेको थियो ।

नेपाल एकीकरण जस्तो ऐतिहासिक कार्यमा योगदान पुर्याएका बिसे नगर्चीको बारेमा खोज अनुसन्धान अहिलेसम्म पर्याप्त नभएकै कारण आफुले खोजी अभियानमा झापाली पत्रकारहरुलाई अग्रसर गराएको फाउन्डेसनका अध्यक्ष बीर बहादुर दर्नालले बताए ।

उनले गोरखा भ्रमणमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, उपप्रमुख बीनाकुमारी श्रेष्ठ, बिसे नगर्ची शालिक निर्माण समितिका अध्यक्ष खड्गमान श्रेष्ठ, समितिका सचिव सोम अछामी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, बिसे नगर्चीका सन्तानहरु तिलकुमारी परियार, शिवशंकर परियार, रेशम परियार, गोरखनाथ मन्दिरका प्रमुख पूजारी प्रदीपमान योगी लगायतबाट पाएको सद्भाव र आतिथ्यका लागि आभार व्यक्त गरेका छन् ।

भ्रमण टोलीमा झापाली पत्रकारहरु मोहन काजी, दिपीन राई, राजेन्द्र गौतम, पर्वत पोर्तेल, ज्ञानेन्द्र निरौला, बीरु दर्नाल, रञ्जित परियार, टिकाराम नेति, तुलसी निरौला, प्रदीप परियार, बिनोद पाण्डे, प्रदीप बस्नेत, विष्णुकुल श्रेष्ठ, चिरञ्जीवि घिमिरे, बिजय बराल र समाजसेवी राजकुमार कार्की सहभागी थिए ।

पछिल्लो समाचार

पाँच जना मिलेर मियाँको हत्या गरेको आशंका

अघिल्लो समाचार

झापामा बिप्लवका ८ कार्यकर्ता पक्राउ

Related Posts

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
banner

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार
अन्तत् टुक्रियो कांग्रेस
banner -1

अन्तत् टुक्रियो कांग्रेस

पुस ३०, २०८२, ११:१४ .बुधबार
मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner -2

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.