२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहकारी ठग्ने र बदनाम गराउँनेलाई छाड्दैनौँ : मन्त्री राना

मंसिर १५, २०८१, १:१३ .शनिबार
0
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १५ मंसिर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले सहकारीमा गलत कारोबार गर्ने र बदनाम गराएर हिड्ने जो सुकैलाई सरकारले नछाड्ने बताएका छन् ।

आज बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथि मन्त्री मगरले यस्तो बताएका हुन् ।

‘अहिले सहकारीका विषयमा राष्ट्रिय चर्चा छ’, मन्त्री मगरले भने–‘गलत कारोबार गर्नेले सहकारी डुवाए । ऋण तिर्नु पर्दैन भन्नेहरुले सहकारीको बदनाम गरे । सहकारीमा गलत प्रचार र ठगी गर्नेले अब उम्किन सक्दैनन् । बाँकी रहेकाहरुले पनि पक्राउका लागि तयारी बस्दा हुन्छ ।’

उनका अनुसार झापाका ठुला २ वटा संस्था सहारा नेपाल र एनएमसीको लगानी जोड्दा पनि प्रदेश सरकारको बजेट कम नै हुँदोरहेछ । सहाराको १६ अर्व र एनएमसीको १४ अर्व बढी निक्षेप रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री मगर, जिल्ला समन्वय समिति (जिसस) झापाकी उपप्रमुख शान्ता रोक्का, राष्ट्रिय सहकारी बैँकका सञ्चालक एवम् सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी लगायतले सहकारीका विषय चर्चा गरेका थिए ।

सोहि अवसरमा विभिन्न विधाका कर्मचारीहरुलाई सम्मान गरिएको छ । २०८०÷८१ सालमा एनएमसी वर्ष उत्कृष्ट अधिकृत राकेश हरिजन, व्यवसायगत वर्ष उत्कृष्ट बचत तथा ऋणतर्फ वरिष्ठ सहायक प्रथम नविना चम्लागाई, डेरीतर्फबाट कार्यालय सहायक पाँचौँ मेघनाथ न्यौपाने, सहकारी पसलतर्फ कार्यालय सहायक पाँचौँ सोनम शेर्पा, वर्ष उत्कृष्टमा व्यवसायिक एकाइ प्रमुखमहरु बचत तथा ऋणतर्फ अधिकृत कृष्पना खरेल र कार्यालय सहायक छैठौँ सहकारी पसल व्यवसायतर्फ बसन ठकुरी, उत्कृष्ट सदस्य सहजकर्ता कर्मचारीमा रिता भट्टराई रहेका छन् ।

वर्ष उत्कृष्ट कर्मचारीलाई जनही २५ हजार र अन्य सम्मानित कर्मचारीहरुलाई जनही १५ हजार नगदसहित सम्मान गरिएको थियो ।

कर्मचारी तिम्सिनालाई सुनको सिक्का

यसैगरी २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवाबाट सुरुङ्गा शाखामा कार्यरत सहायक अधिकृत गंगाराम तिम्सिनालाई १० ग्रामको सुनको सिक्का प्रदान गरिएको छ ।

२३ जना कर्मचारीलाई चाँदीको सिक्का

यस्तै कार्यालय सहायक दोस्रो २०८०÷८१ सालको दीर्घसेवा सम्मानबाट ९ जना ५० ग्रामको चाँदीको सिक्का प्रदान गरिएको छ ।
सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका बरिष्ठ अधिकृत होमनाथ मैनाली, अधिकृत रोहितकुमार गणेश, डेरी व्यवसायबाट कार्यालय सहायक दोस्रो शेखर पौडेल, कार्यालय सहायक दोस्रो कृष्णकुमारी नेपाली, सदस्य सहजकर्ताहरु शान्ति थापा, रुद्रप्रसाद ढकाल (रमेश), सितादेवि भुर्तेल र हिमा प्रधान, कार्यालय सहयोगी प्रथम टिकामाया ढकाल रहेका छन् ।

यता २०७९÷८० सालमा एनएमसी वर्ष उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहायक पाँचौँ नवराज अधिकारी, व्यवसायगत वर्ष उत्कृष्ट कर्मचारीका रुपमा बचत तथा ऋणतर्फ वरिष्ठ सहायक प्रथम सुनिता दाहाल, डेरीतर्फबाट कार्यालय सहायक पाँचौँ नवराज अधिकारी, सहकारी पसलतर्फ कार्यालय सहायक तेस्रो अनुपमा आचार्य, वर्ष उत्कृष्टमा व्यवसायिक एकाइ प्रमुखमहरु बचत तथा ऋणतर्फ अधिकृत रिता श्रेष्ठ र सहकारी पसल व्यवसायतर्फ वरिष्ठ सहायक प्रथम सुवास खतिवडा, उत्कृष्ट सदस्य सहजकर्ता कर्मचारीमा देविका दंगाल रहेका छन् ।

यसैगरी २०७९÷८० सालको दीर्घसेवा सम्मानबाट १४ जना सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका अधिकृतत्रय कल्पना खरेल, संगिता तामाङ र सुशिला शिवाकोटी, सहायक अधिकृत गिताञ्जली पौडेल, वरिष्ठ सहायक प्रथम झलनाथ भट्टराई, सहजकर्ताहरु जानुका नेपाल सापकोटा, लोकप्रसाद चापागाई, मनकुमारी अधिकारी, राधा डाँगी, सोमी हेमरम, यशोधा गिरी र वेणुप्रसाद अधिकारी, सफाइ सहयोगी प्रथम रुवा राजबंशी र सफाइ सहयोगी दोस्रो तहकी ममता मल्लिक रहेका छन् ।

एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले सञ्चालक समितिको बार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिकी संयोजक रचना दाहालले प्रस्तुत गरेकी थिइन् ।

१ लाख ७२ हजार सदस्य रहेको संस्थामा ११ सय कर्मचारी र झापा, मोरङ र इलाममा ५९ वटा सेवा केन्द्र र ५७ वटा उपशाखा रहेको छ । संस्थाको डेरी व्यवसाय, चिया उद्योग, सहकारी पसल र कृषि एग्रो फार्म रहेको छ ।

एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे र सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

पछिल्लो समाचार

एनएमसीले दियो २३ जना कर्मचारीलाई ‘चाँदीको सिक्का’

अघिल्लो समाचार

कनकाई–६ उपनिर्वाचन : ७३.५१ प्रतिशत मत खस्यो

Related Posts

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.