७ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगीको आश्रम उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने

मंसिर १७, २०८१, २:०० .सोमवार
0
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि बाहुनडाँगीको मानवसेवा आश्रमको उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास गर्ने भएका छन् ।

बाहुनडाँगीको मानवसेवा आश्रमले आज पत्रकारसँगको भेटघाटमा यही मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा सडक मानवको उद्धारमा सक्रिय मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को १९ औँ बाहुनडाँगी शाखा कार्यालयको उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।

हाल उक्त आश्रममा ३३ जना पुरुष र १० जना महिला गरी ४३ जना सडक मानवको उद्धार गरेर आश्रय दिइरहेको छ । उनीहरुको आश्रमका ८ जना कर्मचारी तथा सहयोगीहरुले सेवा गरिरहेका छन् ।

२०६९ सालमा हेटौडामा आश्रमको मुख्य कार्यालय स्थापना भएको हो । आश्रमको देशभरी १९ वटा शाखा तथा २५ वटा सेवा केन्द्र रहेको छ ।

मुख्य कार्यालयका कोषध्यक्ष होमनाथ तिमिल्सिनाले देशभर नै खुल्ला आकाश मुनी रात विताउन विवश वेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, मानसिक तथा शारिरिकरुपमा अति कमजोर, अनाथ तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलाई नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रम मानविय सेवामा निरन्तर सक्रिय रहेको बताए ।

उनका अनुसार आश्रमले देशभरबाट हालसम्म १० हजार ८२७ जना स्वादेशी तथा विदेशी सडक मानवहरुको उद्धार गरिसकेको छ ।

बाहुनडाँगी आश्रममा हाल ५० जनासम्म आश्रय दिएर राख्न सक्ने क्षमता रहेको बताए । आगामी वर्ष आश्रममा एकसय पुर्याउने लक्ष्य रहेको छ । त्यसको क्षमता बढाएर १५० जनासम्म अटाउन मिल्ने गरिको तयारी भइरहेको उनको भनाई छ ।

आश्रममा रहेका आमा–बुबाहरुलाई हेरचाह, पालनपोषण र उपचार समेतको व्यवस्था गरिएको छ । आश्रममा योग ध्यान, मनोपरामर्श लगायत उद्यमशिलतामा समेत ध्यान दिएको बताइएको छ ।

आश्रमको वृहत गुरु योजना अन्तरगत ५ वर्षभित्र २२ करोड लगानीमा योग ध्यान भवन, उत्पादनमुखी कार्य, महिला र पुरुषको छुट्टा छुट्टै भवन लगायतका कामहरु गरिने तिमिल्सिनाको भनाई छ ।

आश्रमका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधान र उनका परिवारले २ विघा ५ कठ्ठा जग्गा दान गरेका थिए ।

पत्रकार भेटघाटमा आश्रमका केन्द्रीय कोषाध्यक्ष तिमिल्सिना, कोशी प्रदेश प्रमुख नवराज केसी, कोशी प्रदेश संयोजक गंगाकुमारी थापा, झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

कनकाई–६ को वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार ओली निर्वाचित

अघिल्लो समाचार

०८४ का लागि तयारी रहन महिलावादीहरुको उद्घोष (भिडियोसहित)

Related Posts

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.