११ कार्तिक २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा कप

इटहरीको जागृति क्लब सेमिफाइनलमा

पुस २, २०८१, १२:३० .मङ्लबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २ पुस । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।

जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।

यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे ।

खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो ।

खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरी गर्याे । देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे ।

३६ औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोललाइनबाट बचाए । पाँचौँ मिनेटमा जागृतिका मिलन राईले डिबक्समा वान भर्सेस वान पाएको अवसर गुमाए । उनको पावरफुल सट गोलकिपरले उत्कृष्ट बचाउ गरे । १३ औँ मिनेटमा निशान लिम्बूले डिबक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो । जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलकिपर चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

प्रथम झापा कप : आर्मी पनि बाहिरियो

अघिल्लो समाचार

थोप्लेबिरानको सभा : एकल संघर्षशील महिलाहरु सम्मानित

Related Posts

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`

कार्तिक ११, २०८२, १:१७ .मङ्लबार
झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.