७ असार २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ईटाभट्टाको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरीदेखि सञ्चालनमा

पुस १२, २०८१, १:५४ .शुक्रबार
0
0
0
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १२ पुस । व्यवसायिक रुपमा पर्यटन प्रवर्द्धनको विकासमा फड्को मार्दै गरेको मेचीनगरमा निकट भविश्यमा अर्को क्यासिनोसहितको पाँच तारे होटल सञ्चालनमा आउने भएको छ ।

मेचीनगर–७ स्थित ईटाभट्टा चोकदेखि एकसय मिटर पश्चिम राजमार्गसँग टाँसिएको क्यासिनोसहितको ‘अश्वत्थ’ नामकरण गरिएको होटल सञ्चालनमा आउने भएको हो ।

‘अश्वत्थ’ होटलका सञ्चालक प्रज्वल घिमिरेले नयाँ वर्ष सन २०२५ को पहिलो सातादेखि सञ्चालन हुने जानकारी दिए ।

१३० करोड लगानीमा जनवरीदेखि सञ्चालन हुन लागेको फाइव स्टार होटलमा ८४ वटा आकर्षक डीलक्स र स्वीट रुमहरु रहेको उनले बताए । पर डे १५ हजारदेखि २५ हजारसम्मका आकर्षक रुमहरु रहेका छन् ।

उनका अनुसार २ विगाहा क्षेत्रफलमा रहेको होटलमा क्यासिनो, स्वमीङ पुल, जाकुजी, स्पार्क, दुईवटा व्यालेङकेट हल, योग शिविर, व्यामशाला, खेल सामाग्री लगायतको सुविधाहरु रहेका छन् । सिटी सिनेमाका सञ्चालक समेत रहेका घिमिरेले होटलमा ५५ जना कर्मचारीले रोजगारी पाएको बताएका छन् ।

साकाहारी र मासांहारीसहितको भारतीय, चाइनिज र नेपाली परिकारहरु पाइने होटलमा विदेशी पर्यटकहरुलाई नेपालका आकर्षक मठमन्दिर र पर्यटन क्षेत्र घुम्नका लागि माउन्टेन फ्लाइटको पेकेज समेत गरिने सञ्चालक घिमिरेले बताए ।

पर्यटनको हव बन्दै गइरहेको मेचीनगरमा पछिल्लो समय विदेशी पाहुनाहरुको भिड निक्कै बढ्दै गइरहेको छ । पूर्वको नाका काँकरभिट्टाको एशियन हाइवे सीमाबाट ३० किलोमिटरमा भारतको बागडुग्रा एयरपोर्ट तथा २१ किलोमिटरमा भद्रपुर एयरपोर्टका कारण विदेशी पर्यटकहरुलाई नेपाल आउन जान सहज भएको छ ।

त्यसो त मेचीनगरमा नै चार वर्षअघि सञ्चालनमा आएको होटल मेची क्राउन पूर्वको पर्यटन विकासमा कोसेढुंगा सावित भएको छ ।
यसैगरी, झापाको बिर्तामोडमा क्यासिनोसहितको पाँचतारे किङ्गसवेरी होटल, मेचीनगरको काँकरभिट्टामा २ वटा मिनी क्यासिनो र क्यासिनासहितको मेची क्राउन सञ्चालनमा छ ।

यी क्यासिनोहरुमा धेरै जसो छिमेकी मुलुक भारतका पर्यटकहरु आउने गर्छन् । त्यस्तै भुटान र बंगलादेशबाट पनि पर्यटकहरु क्यासिनो खेल्न र घुम्न आउने गरेका छन् ।

डेस्टिनेशन म्यारिजको प्रभाव

सञ्चालक घिमिरेले डेस्टिनेशन म्यारिज (टाडा गएर विवाह गर्ने) को कारण पाँचतारे होटलको व्यवसाय फस्टाएको दावी गरे । उनका अनुसार भारतका धनाड्यहरु प्रायः नेपालका ठुला–ठुला होटल बुक गरेर यतै विहे र पार्टी गर्ने चलन बढेको छ ।

‘भारतका करोडपतिहरुले आफ्ना छोरा–छोरीहरुको विहे घर र पार्टी प्यालेसमा नगरेर नेपालका पाँचतारे होटल बुक गर्छन्’, घिमिरेले भने–‘टाढा लगेर विहे गर्दा र पार्टी दिँदा बेहुला–बेहुली, जन्ती तथा आफन्त सबै ल्याउने होटलमा नै भोज गर्ने चलन बढेको छ । यसो गर्दा नेपालका होटलहरुको व्यवसाय फस्टाउँने छ ।’

पछिल्लो समाचार

काँकरभिट्टाका पुराना लेखनदास ढाकाप्रसाद भट्टराईको निधन

अघिल्लो समाचार

दशगजाका गाउँलेको पीडा

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.