१९ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दशगजाका गाउँलेको पीडा

पुस १३, २०८१, ३:१३ .शनिबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १३ पुस । झापा पृथ्वीनगरकी ४५ वर्षीया देवी पाण्डे सस्तो जग्गा भेटे जहाँ भए पनि किनेर घर बनाउने सोचाईमा थिइन् ।

उनले सोचेकै जस्तो जग्गा पाइन् । उनलाई जग्गा कहाँ छ भनेर थाहा थिएन । आफ्नै सानो जिप भाडामा कुदाउँदै आएका उनका पतिले जग्गा कारोवारसँग सहकार्य गरेर दश वर्षअघि मेचीनगर–७ को गैरीगाउँमा ११ धुर जग्गा ३ लाखमा किनेका थिए ।

देवीले उनका पतिसँग जग्गा कहाँ किन्नु भयो भनेर एकदिन सोधिन पतिले उत्तर दिए दशगजामा । दशगजा भनेको उनकी पत्नी देवीलाई थाहा थिएन ।

एकदिन पतिले उनलाई जग्गा देखाउन ल्याए । भारतसँग सीमा जोडिएको नेपालको दशगजाको नेपाल ९०÷२ पीपी–५० नम्बरको पिलर छेउको यो हाम्रो जग्गा हो भनेर देखाए । देवीले पिलर देख्दा छक्क पर्दै भनिन् यो भारत होइन र, छेउको खोला देखाउँदै भनिन्–‘खोलाले बगाउँछ होला ।’

स्थानीय बद्रीप्रकाश उप्रेतीको नम्बरी धनिपूर्जा भएको ११ धुर जग्गा उनीहरुले किनेका थिए । जुन जग्गा दशगजाको पिलरदेखि ३० फुट वारी पश्चिममा पर्छ । नेपाल र भारतको सहमति अनुसार पिलरदेखि वारी वा पारी ३० फुटभित्र दशगजामा घर, खेतीपाती लगाउन मिल्दैन ।

दशगजा पिलरको पूर्व र पश्चिम ३० फुट खाली छ । पिलरको छेउमा सशस्त्र प्रहरीको सानो छाप्रो छ । नेपाल पट्टिका प्रहरी पिलर कटेर पारीसम्मको गाउँ ओहोरदोहोर गरेर गस्ती गर्छन् । तर, भारतका एसएसवीले पिलरदेखि वारी अर्थात नेपालपट्टि पाइलै टेक्दैनन् । पिलर छेउबाट प्रायः हिड्छन् । गस्ती गर्छन् ।

दशगजामा नै घर बनाएकी देवीले भनिन्–‘एकदिन एसएसवी पिलरसम्म आएर भने मेडम पानी पिलाओ । पिलरभन्दा एकइन्च यता आउने कोशिश गरेनन् । त्यहिबाट पानी मागे बोतलमा लगेर दिए । उतैबाट लागे । उनले करेसा बारीमा ३÷४ वटा बाख्रा पालन गरेकी छन् ।

‘नेपालको लाष्टमा घर छ’, उनले भनिन्–‘अन्तिम धनिपूर्जा हाम्रो हो ।’

उनले दशगजामा घर भएका कारण सास्ती पनि व्यहोरेकी छन् । वारीपारी गर्ने साना व्यापारीले कहिले काहिँ यो बाटो भएर अवैध माल सामान भित्राउँदा प्रहरीसँग झडप हुने गरेको छ । त्यसको मार गाउँलेले खेप्ने गरेका छन् ।

उनका अनुसार एकदिन भारतबाट व्यापारीले कपडाहरु ल्याउदै गर्दा सशस्त्र प्रहरीले खोसेपछि झडप भयो । झडप हुँदा व्यापारीले प्रहरीलाई ढुंगा हान्दा घरको टिनमा खसेको थियो । यो प्रक्रिया यहाँ भइरहन्छ, उनको गुनासो छ ।

दशगजा स्थित घरमा बात्ति काट्दै गरेकी अर्की स्थानीय ६५ वर्षीया होमादेवी खनालको पीडा पनि उस्तै छ । उनले भनिन्–‘प्रहरीको छाप्रो छेउमा हुँदा सुरक्षित भएको महशुश हुन्छ । तर, व्यापारीले कहिले प्रहरीलाई ढुंगा हान्छन् । अनि टिनमा ढ्वाङग गर्छ । कहिले छाप्रो जलाई दिन्छन् । दशगजामा डरै छ ।’ खनाल पनि २० वर्षअघि धुलाबारीबाट सस्तो जग्गा खोजेर बसाई आएका हुन् । उनको १० धुर नम्बरी जग्गा छ ।

एसईईको तयारी गरिरहेकी कक्षा–१० पढ्दै गरेकी स्थानीय छात्रा पार्वती ठकुरीले दशगजाको पिलर छेउको खाली जग्गामा गाउँलेहरु मिलेर क्रिकेट, भलिबल, कबड्डी लगायत खेल खेल्ने गरेको बताइन् ।

यसअघि पनि त्यहिँ नजिकै साना व्यापारी र सशस्त्र प्रहरीको झडप हुँदा प्रहरीको खुकुरी प्रहारबाट व्यापारीहरु घाइते भएका थिए । व्यापारीहरुले पनि प्रहरीले पक्रेको सामान खोस्दा ढुंगामुढा गरेका थिए ।

दशगजाको पिलरको ३० फुट वारी र पारीपट्टि नेपालीको खेतीपाती छ । पिलरको वारी र पारी पट्टि तोरीवारी छ । तोरी लटररम्म उम्रिएको छ । स्थानीय खगेन्द्र तिवारीको जग्गामा गाउँलेले वार्षीक भाडा तिर्ने गरी तोरी खेती गरेका छन् । गाउँलेले वषैँदेखि पिलर वारी र पारी आलु, लसुन, धान, मकै, सिमल तरुल, बन्दाकोपी, उखु खेती गरिरहेका छन् ।

विजुली, पानी र वत्तिको व्यवस्था वारी पट्टिकोले नै उपलब्ध गराएको छ । पिलर उता भारतीय भूमि भएपनि स्थानीय नेपाली किसानहरुले खेती गर्दै आएका छन् । पारी अर्थात मेची खोला यतै करिव १५ वटा किसानको घर छ । उता पनि नेपालकै विजुली, पानी र वत्तिको व्यवस्था छ । सडकको भने समस्या छ । गौरी गाउँदेखि घर, खेत र पिलर छेउ छाउसम्म जाने पिच नपुगेकोमा स्थानीयको गुनासो छ ।

दशगजामा खेतीमा काम गर्दै गरेको बेला भेटिएका गमेचीनगर–६ स्थित पुरानो भन्सारका ७७ वर्षीय कृषक टंकबहादुर राईले पिलरको भाग छोडेर दशजगा वारी २ कठ्ठा, पारी पट्टि ७ कठ्ठा जग्गामा तरकारी तथा धान, मकै खेती गरिरहेको बताए ।

‘पहिला वारीपट्टि ७ कठ्ठा जग्गा थियो’ राईले भने–‘पिलर बिचमा भएकोले मालपोत कार्यालय झापाले धनिपूर्जामा ५ कठ्ठा जग्गा काटिदियो । कार्यालयले नेपालपट्टि दशगजाको जग्गा हाम्रो सबै पढ्दैन भन्यो ।’

३० वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै गरेका ५१ वर्षीय श्याम बातरको पनि पीडा उस्तै छ । सिटी रिक्सा आएपछि रिक्सा चलाएर परिवार धान्न नसक्ने बातरले पनि तीस वर्षअघि उप्रेतीसँगै ३० हजारमा १० धुर जग्गा किनेका थिए । उनको पनि अढाई धुर जग्गा काटिदा दशगजाको सीमाना घरको आगनमा आइपुगेको छ । उनका अनुसार उक्त जग्गा छाडेको ४ वर्ष भएको छ ।

पिलरदेखि पूर्व अर्थात पारीपट्टिनेपालीको करिव १५ घर छ । त्यहाँका स्थानीय खेतीपाती र मजदुरी गर्छन् । पारिपट्टिबाट नानी(छोरी) खेलाउँदै पिलरतिर वारी र पारी गरिरहेका टीका चौधरीले हजुरबुबाको पालादेखि यहाँ बसेको बताए । ‘हामी नेपाली नै हौँ’, चौधरीले भने–‘तरपछि पिलरले गर्दा पारीपट्टिका भयौँ ।’

त्यसो त प्रायः दशगजाका स्थानीयको खेती वारी र पारी दुवैतिर छ । गस्तीमा आउने एसएसवीले पनि उनीहरुलाई यहाँबाट हट्नु पर्छ नभनेको गाउँलेको भनाई छ । तर, नेपालतिरका प्रहरीहरुले कहिलेकाहिँ सोधपुछ गर्छन् ।

पछिल्लो समाचार

ईटाभट्टाको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरीदेखि सञ्चालनमा

अघिल्लो समाचार

प्रेस सेन्टर झापाको अध्यक्षमा पुष्प खड्का

Related Posts

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.