२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

सहारा र एनएमसीलाई पछ्याउँदै सिम्रिक सहकारी

साउन २३, २०८२, १२:२९ .शुक्रबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ साउन । सहकारी अभियानकर्मी, केही सामाजिक अगुवा अनि केही सफल व्यवसायीहरुको संयुक्त प्रयासबाट बिर्तामोड–४ स्थित भद्रपुर रोडमा स्थापना गरिएको सिम्रिक वचत तथा ऋण सहकारी संस्था यतिखेर झापाको अब्बल, अग्रणी र सफल सहकारी संस्थाको रुपमा अघि बढिरहेको छ ।

गरिबीबाट माथि उठ्ने पहिलो प्रयास बचत हो । यही मान्यतालाई आत्मसात गर्दै समाजमा छरिएर रहेको स–सानो पूँजीलाई बचत गर्न प्रोत्साहित गर्ने र लगानीको माध्यमबाट योगदान गर्ने उद्देश्यका साथ वि.सं. २०६७ माघ २४ गते विधिवत स्थापना भएको सिम्रिक वचत तथा ऋण सहकारी संस्था आफ्नो उद्देश्यबाट आजसम्म विषयान्तर भएको छैन र निरन्तर सदस्यहरुको मन र विश्वास जित्दैअघि बढिरहेको छ ।

ठूला बैंक तथा वित्तीय संस्थासम्म सरल पँहुच नभएका तर आर्थिक अवस्था सुधारमा प्रयास गरिरहने समुदायबाट साना रकम संकलन गर्दै सामुहिक पूँजी निर्माण गरी विभिन्न पेशा–व्यवसायमा आवद्ध भएका तथा पेशा–व्यवसाय गरी आत्मनिर्भर हुन चाहने व्यक्ति तथा समुदायलाई ऐक्यवद्ध गर्दै सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्न सफल भएको छ सिम्रिक साकोस ।

सदस्यहरुको श्रम, सीप, साधन र पूँजीलाई एकत्रित गरी सदस्यहरुलाई आयआर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्य लिएको संस्थाले विभिन्न तह र स्तरका सहकारी र गैरसहकारी संघ–संस्थाहरुसँग समन्वयका साथ सदस्यबीच आधुनिक प्रविधिको उपयोग गर्दै वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिरहेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतको भनाइ छ । सिम्रिककै भरोसा र विश्वासमा आफ्नो जीवनमा उल्लेख्य प्रगति गर्नेहरुको संख्या कम छैन ।

वित्तीय अवस्था

सहकारी क्षेत्रका अनुभवी ५५ जनाबाट २० लाख ५० हजार शेयर संकलन गरी सुरु भएको सिम्रिक साकोसले स्थापनाको डेढ दशक पूरा नहुँदै अर्बको वासलात तयार गर्न सफल भएको छ । सदस्यहरुको दर्बिलो साथ पाएकै कारण संस्थाले यो सफलता प्राप्त गरेको सञ्चालकहरुको भनाइ छ ।

लघुवित्त कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थामा हाल ३५ करोड भन्दा माथि शेयरपूँजी, दुई अर्ब १५ करोड २५ लाख ७९ हजार ५८३ रुपैयाँ निक्षेप वचत, दुई अर्ब ८० करोड ४७ लाख ८६ हजार ३७५ रुपैयाँ लगानीको अवस्था छ भने जगेडा कोषमा सात करोड ६९ लाख ७२ हजार ६४६ र अन्य कोषहरुमा १९ करोड २५ लाख ११ हजार ३८३ रुपैयाँ रहेको छ ।

५५ जनाबाट सुरु भएको संस्था हाल ६९ हजार ४ सय ६९ जना शेयर सदस्यको बृहत बृक्ष बनिसकेको छ । यसैगरी, झापाको साविकका ५ गाविसबाट सेवा सुरु गरेको सिम्रिक हाल सिंगो झापासहित मोरङ, इलाम र पाँचथरसम्म फैलिइसकेको छ । यी सेवा क्षेत्रमा ४६ वटा सेवा केन्द्रमार्फत सिम्रिक शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोबारका अतिरिक्त धेरै सुविधा उपलब्ध गराउँदै सदस्यको आर्थिक, सामाजिक सुदृढीका निम्ति निरन्तर अघि बढिरहेको छ ।

संस्थाले सदस्यलाई सहज ढंगले वित्तीय सेवा पुर्याउन एवम् सहकारीलाई प्रविधिमैत्री बनाउँदै कारोबारलाई डिजिटललाइज गर्दै मोबाइल बैंकिङमार्फत सहजै कारोबार हुने व्यवस्था मिलाएको छ भने सदस्यलाई व्यावसायिक क्यू–आरसमेत वितरण गरिएको छ । यसबाट सदस्यहरुले घरबाटै वा आफ्नो व्यवसाय क्षेत्रबाटै संस्थामा कारोबार गर्न सक्नेछन् ।

सदस्यलाई सुविधा

संस्थाले सदस्य माझ वित्तीय कारोबार मात्र गरेको छैन, सहकारीको सिद्धान्त, मूल्य र मान्यतामा आधारित रहेर सदस्यहरुलाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाले गत आर्थिक बर्ष २०८१÷०८२ मा सदस्यका लागि स्वास्थ्य–सुविधा अन्तर्गत शल्यक्रियातर्फ ५३ लाख ४२ हजार ६०५ रुपैयाँ खर्च गरेको छ । यसमा ३५९ जनाले सेवा लिएका छन् । यस्तै, अन्य उपचार खर्चमा संस्थाले २४ लाख ५८ हजार २०७ रुपैयाँ व्यहोरेको छ । यसबाट २६४ जनाले सेवा लिएका छन् ।

यसैगरी, सदस्यका परिवारभित्र भएको मृत्युमा काजकिरियावापत ४० बढी सदस्य परिवारलाई पाँच लाख ५९ हजार ४१५ रुपैयाँ राहत उपलब्ध गराएको छ । त्यस्तै पीडामा रहेका ४२ सदस्य परिवारको कर्जा मिनाहा गर्दा ४८ लाख २३ हजार २१५ रुपैयाँ संस्थाले व्यहोरेको छ । प्राकृतिक विपत्तिबाट क्षति व्यहोरेका ५ परिवारलाई १ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ ।

सदस्यलाई तालिम, क्षमता अभिबृद्धिका कार्यक्रम

सिम्रिक साकोसले सुरुवाातदेखि नै आफ्ना बढीभन्दा बढी सदस्यलाई व्यावसायिक बनाउने, आत्मनिर्भर बनाउने, क्षमतावान बनाउने अभियान सञ्चालन गर्दै आएको छ । सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान हुन सक्दा मात्र सफलता हासिल हुने विश्वासका साथ संस्थाले चालु आर्थिक वर्षमा सबै सेवा क्षेत्रमा सदस्यहरुको चाहना र आवश्यकता अनुसार सहकारी व्यवस्थापन, क्षमता अभिबृद्धि तथा कर व्यवस्थापन, सदस्य सहकारी शिक्षा तालिम प्रदान गरेको छ भने व्यावसायिकतातर्फ कपूर, धूप बनाउने तालिम, सिलाइ–बुनाइ, पार्लर, अचार बनाउने लगायतका तालिम प्रदान गरेको संस्थाका कार्यकारी प्रमुख वस्नेतले बताए ।

यी कार्यक्रमका लागि संस्थाले १० लाख २९ हजार ३८४ रुपैयाँ खर्च गरेको छ । यसबाट करिब ९ हजार सदस्य लाभान्वित भएका छन् । संस्थाले सिलाइ–कटाइ तालिम लिएकी एकजना विपन्न सदस्यलाई १३ हजार बराबरको सिलाइ मेसिन पनि उपलब्ध गराएको छ । यसैगरी संस्थाले दक्ष र अध्ययनशील कर्मचारी संयन्त्रबाट मात्र संस्थागत विकास सम्भव हुने सोचका साथ कर्मचारीहरुलाई समयानुकूल विभिन्न किसिमका तालिम–प्रशिक्षण प्रदान गर्दै आएको छ ।

यसैक्रममा चालु आर्थिक वर्षमा ५५ जना केन्द्र प्रमुखहरुलाई तालिम प्रदान गरेको छ भने सबै कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि संस्थाले ६७ हजार पाँच सय आठ रुपैयाँ खर्च गरेको छ संस्थाकी लेखापाल कमला प्रधानले जानकारी दिइन् ।

सदस्य अवलोकन भ्रमण

संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनलाई सदैव बढावा दिँदै आएको छ भने सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्ने, सदस्य माझ भावनात्मक सम्बद्ध विस्तार गर्ने उद्देश्यले सदस्य अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

यसैक्रममा, संस्थाले यस वर्ष १७० जना सदस्यलाई मुक्तिनाथधाम हुँदै स्वर्गद्वारीसम्मको धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गराएको छ । यसका लागि संस्थाले १० लाख ६२ हजार ८१ रुपैयाँ खर्च गरेको छ । सदस्य अवलोकन भ्रमण कार्यक्रम अनुकूलता अनुसार वर्षेनि आयोजना गरिने संस्थाले जनाएको छ ।

सामाजिक उत्तरदायित्व

कुनै पनि सामुदायिक संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्र्दछ । यो उसको देश र समाजप्रतिको जिम्मेवारी पनि हो । सिम्रिक सहकारीले यो जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्दै आएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, मानव संशाधन विकास, खेलकुद विकासका क्षेत्रमा दर्जनौं कार्यक्रम र परियोजना सञ्चालन गर्दै आएको छ । यसैक्रममा गत आर्थिक वर्षमा पनि त्यस्ता दर्जनौँ कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराई बताउँछन् । जसअनुसार संस्थाले शिक्षातर्फ आफ्नो सेवा क्षेत्रका विभिन्न सामुदायिक विद्यालयका २५ सय विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न गुणस्तरीय स्कुल ब्याग वितरण गरेको छ ।

यसका लागि संस्थाले १० लाख दुई हजार ५४० रुपैयाँ खर्च गरेको छ । त्यसै गरी, संस्थाले पोशाक नभएर विद्यालय जान असहज महसूस गरिरहेका करिब ५० जना विद्यार्थीलाई जाडोमा लगाउन सकिने न्यानो स्कूल पोशाक वितरण गर्यो ।

यसका लागि संसले ३३ हजार ६०१ रुपैयाँ खर्च गर्यो । यसैगरी, यस वर्ष आफ्नो सेवा क्षेत्र रहेको पाँचथरको यासोक र इलामको शिकारी भञ्ज्याङको विकट गाउँमा विशेषज्ञ सेवासहितको बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । यसबाट हजारौँ सर्वसाधारणले निःशुल्क उपचार सेवा पाउनुका साथै निःशुल्क औषधि पनि प्राप्त गरे । यसका लागि संस्थाले दुई लाख ७२ हजार ३२० रुपैयाँ खर्च गरेको छ ।

खेलकुद गतिविधि

स्वस्थ जीवनशैलीका लागि खेलकुद अनिवार्य जत्तिकै छ । सिम्रक साकासले पनि खेलकुदलाई प्राथकिता दिँदै आएको छ । खेलकुद गतिविधिलाई बढवा दिन बिभिन्न संघ संस्थालाई संस्थाले २ लाख १० हजार रुपैयाँ खर्च गरेको छ ।

सहयोग

सिम्रिक साकोसले विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग पनि गर्ने गरेको छ । गत आ.व.मा झापाको बिर्तामोड र मेचीनगरमा अपाङगता भएका व्यक्तिहरुको संस्थालाई आठ हजारबराबरको सहयोग गरिएको छ भने इलामको श्रीअन्तुमा घाट निर्माणका लागि १५ हजार रुपैयाँ सहायेग गरिएको छ ।

यसैगरी, इलामको पर्यटकीय स्थल श्रीअन्तुमा फोहोर व्यवस्थापनका लागि पाँच हजार मूल्य बराबरको डसबिन, इलामको नेपालटारमा १३ हजार ६५० रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री र झापाको भद्रपुर–३ स्थित आदर्श आधारभूत विद्यालयलाई ४५ हजार ९७९ रुपैयाँ मूल्य बराबरको फिल्टर सहयोग गरिएको संस्थाका कार्यकारी प्रमुख बस्नेत बताउँछन् ।

यसरी सिम्रिक साकोसले समग्रमा सदस्य राहत सुविधा, तालिम–प्रशिक्षण, सदस्य अवलोकन–भ्रमण, खेलकुद, सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न क्रियाकलापमा गत वर्ष एक करोड ५५ लाख बढी खर्च गरिसकेको छ ।

झापा जिल्ला सहकारी संघ, वचत तथा ऋण सहकारी संघ (नेफस्कून), राष्ट्रिय सहकारी बैंलगायतका सहकारीसम्बद्ध वित्तीय संस्थाहरुमा आबद्ध रहेको यो संस्थाले कृषि, घरेलु, साना तथा मझौला उद्योग विकास जस्ता व्यावसायिकतालाई जोड दिँदै आएको छ ।

पछिल्लो समय सहकारीप्रति जनमानसमा गलत धारणा विकास हुँदै गएको छ । तर, समुदायमा आधारित दीगो, प्रतिस्पर्धी र उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित हुने परिकल्पना र सहकारी सिद्धान्त अनुरुप गुणस्तरीय, वित्तीय तथा गैरवित्तीय सेवामार्फत विपन्न सदस्यको आर्थिक जीवनस्तर उकास्ने ध्येयमा सिम्रिक साकोस लागि परेको छ ।

झापासहित देशकै उत्कृष्ट सहकारी सहारा नेपालपछि एनएमसी सहकारी हो । उनीहरुको हरेक गतिविधि र वासलातले पनि त्यो पुष्टि गर्छ । त्यसपछि अन्य धेरै सहकारीहरु मध्ये सिम्रिक सहकारी पनि सहारा र एनएमसी सहकारीलाई पछ्याउँदै अघि बढिरहेको अवस्था छ ।

पछिल्लो समाचार

पहिरोको जोखिममा रहेका घरहरुको मेयर, सीडीओद्वारा निरीक्षण

अघिल्लो समाचार

हाजिरी जवाफ प्रतियोगितामा मागुरमाडी वन विट नं.२ प्रथम

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.