२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आइतबार वन दिवस

हाजिरी जवाफ प्रतियोगितामा मागुरमाडी वन विट नं.२ प्रथम

साउन २३, २०८२, ४:२० .शुक्रबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ साउन । राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरले आयोजना गरेको अन्तर समूह हाजिरी जवाफ प्रतियोगितामा मागुरमाडी विट नं.२ प्रथम भएको छ ।

शुक्रबार सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरले वडा नं.९ स्थित थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूह परिसरमा आयोजना गरेको प्रतियोगितामा मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं.२ प्रथम भएको हो ।

प्रतियोगितामा थोप्लेविरान सामुदायिक वन दोस्रो, तेलपानी सामुदायिक वन तेस्रो र दुधेचौँरी सामुदायिक वन सान्तवना भएको थियो । विजेताहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

विजेताहरुलाई पुरस्कारको नगद राशि वडा नं.१० का वडाध्यक्ष नारायण खनाल, समाजसेवीहरु ऋषिराज तिम्सिना र उद्धव बानियाँले सहयोग गरेका थिए । प्रमुख अतिथि, अतिथिहरुले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यही साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका दिन मेचीनगरका १३ वटै सामुदायिक वनहरुमा नेपाल र वनको झण्डा झण्डोत्तलन गर्न वितरण समेत गरिएको छ ।

युवाहरुलाई वन, वातावरण र कानूनका  विषयमा जानकारी गराउने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको नगर महासंघले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओली न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित अध्यक्षता गरेकी थिइन् । कार्यक्रममा स्वागत गीत देवीस्थान जलेश्वारधाम वडा नं.९ का अध्यक्ष अनबहादुर भुजेलले गरेका थिए ।

हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन सव डिभिजन कार्यालयका वन अधिकृत डिल्लीराम खरेलले र औपचारिक कार्यक्रमको सञ्चालन महासंघ नगर सचिव युवराज रेग्मीले गरेका थिए ।

 

 

 

पछिल्लो समाचार

सहारा र एनएमसीलाई पछ्याउँदै सिम्रिक सहकारी

अघिल्लो समाचार

नगरपालिकाको पहलमा मैनालीबाडीमा स्थानीयले बनाए चौतारो

Related Posts

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार
´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`
box -3

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`

बैशाख २१, २०८३, १:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.