मेचीनगर, ९ कात्तिक । छठ पर्व सुरु भएको छ ।
तिहार सकिने वित्तीकै तराईका जिल्लामा छठको तयारी अन्तिम चरणमा पुगेको छ ।
मेचीनगरकाे निन्दा, मेची खाेला किनारमा आकर्षकरूपमा छठघाट निर्माण गरिँदै छ ।
सोमबार छठको मुख्य दिन भएकोले धमाधम घाट बनाउने काम भइरहेको छ ।
धुलाबारी छठ समितिले निन्दा खाेलामा छठकाे लागि तयारी पूरा गरिसकेकाे बताएको छ ।
झापाकाे विरिङ, भद्रपुर र काँकरभिट्टाकाे मेची खाेला लगायतका नदि किनारमा छठ पर्वकाे तयारी भइरहेकाे छ ।
जेनजी आन्दोलनका कारण यस पटककाे दशैं, तिहार र छठ पर्व त्यति उल्लासमय नभएको स्थानीयकाे भनाई छ ।





Discussion about this post