




मेचीनगर, १० कात्तिक । छठ पर्वको आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ ।
सोमबार छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ । त्यसको भोलिपल्ट मंगलबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन हुने छ ।
ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि विहान उदाउँदो सूर्यलाई अघ्य्र्य दिन्छन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएका छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
धुलाबारी छठ समितिले निन्दा खोलामा छठको व्यवस्थापन गरेको थियो । झापाको विरिङ, भद्रपुर र काँकरभिट्टाको मेची खोला लगायतका नदि किनारमा छठ पर्व मनाइएको छ ।
निन्दा र मेची नदीमा छठ पूजा गरिदैँ । तस्वीरहरू : देबेन्द्र खरेल÷अर्जुन कार्की




Discussion about this post