२१ जेष्ठ २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा गाेल्डकप सुरू

आयोजक क्वार्टर फाइनलमा, पुलिस बाहिरियो

माघ २४, २०८२, १२:५७ .शनिबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २४ माघ । आयोजक झापा-११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

१-० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २-१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १-१ गोल गरे ।

खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएकाे थियाे । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।

झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका लेखीले गोल गर्न सफल भए ।

झापाका लागि निर्णायक गोल भने दाहालले गरे । ५९ औँ मिनेटमा लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिए । उनको गोल नै झापाको जितका लागि पर्याप्त भयो ।

सुन्दर अवसरहरु पुलिसले सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । ३५ औँ मिनेटमा विजय उराउले पाएको अवसर झापाका गोलकिपर सन्दिप लिम्बुले विफल बनाए ।

५२ औँ मिनेटमा साहले गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ५७ औँ मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसर पनि पुलिसले सदुपयोग गर्न सकेन ।

झापाका एरोन थापा मगरले ४१ औँ मिनेटमा डिएरियाबाट गरेको हेडबल बारमा लागेर फर्किएको थियो ।

टेक्निकल खेल प्रदर्शन गरेको झापाले पुलिसलाई दबाबमा राखेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका राजेश दाहाल घाेषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

भोलि आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा-११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको छ ।

यसैबीच, प्रतियोगिताको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख प्रसाईंले मैदानको संरचना निर्माण गर्न नगरपालिका तयार रहेको बताउँदै जमिनको स्वामित्वको विवादका कारण लगानीको वातावरण नबनेको बताइन् ।

आयोजक अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँध्ने माध्यम भएको दावी गरे ।  उनले झापालाई फुटबलको हब बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपालकै उत्कृष्ट खेल मैदान डोमालाल राजवंशी रंगशाला भएको बताउँदै उनले गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपालको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुँदै गएको बताए ।

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष स्वर्गीय विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।

पछिल्लो समाचार

विद्यालयमा लैङ्गिक हिंसा न्युनिकरण गर्न शिक्षकहरुसँग छलफल

अघिल्लो समाचार

आर्मी झापा गोल्डकपको क्वार्टर फाइनलमा

Related Posts

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच
banner

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार
न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner -1

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.