झापा, १७ चैत । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
उनी गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए ।
जेनजी आन्दोलनमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।
आयोगकै सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।
सीडीओ रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताउँदै आएका छन् ।
जाँचबुझ आयोगसमक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश नदिएको उल्लेख गरेका हुन् ।




Discussion about this post