१६ भाद्र २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सीमा नाका

काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती

भदौ १५, २०८३, २:४१ .सोमवार
0
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १५ भदाै । भारत तथा अन्य देशबाट नेपाल घुम्न आएका पर्यटकहरूलाई सीमावर्ती नाका काँकरभिट्टामा ट्राफिक प्रहरीले गाडीमा ह्वील लक लगाउने गरेकाे छ ।

उक्त लक लगाए बापत पर्यटकले रू.५०० देखि माथि जरिवाना लिएर छाड्ने गरेको छ ।

केही महिनाअघि गृहमन्त्री सुधन गुरूङ काँकरभिट्टा बजार निरीक्षणमा आएका बेला पुरानाे सुपारी लाइन, बसपार्क लगायतका ठाउँमा भारतीय गाडीहरूकाे अनाधिकृत पार्किङ रहेकाे भन्दै हटाउन निर्देशन दिएका थिए ।

गृहमन्त्री गुरूङकाे आदेशपछि ट्राफिक प्रहरीले काँकरभिट्टा क्षेत्रमा भारती गाडी अनाधिकृत रूपमा पार्किङ गरेकाे देखाे कि टायरमा ह्वील लक लगाएर जरिवाना लिएर छाड्ने गरेकाे छ ।

त्यसाे त नेपाल नम्बरका गाडीहरूलाई पनि त्यसै गर्ने गरेको छ । उक्त कार्यकाे पर्यटक र स्थानीयले गुनासाे गर्न थालेका छन् ।

यस्तै साेमबार एउटा घटना घट्याे । दार्जिलिङबाट भारतीय जिप लिएर नेपाल आएका पर्यटकले मेची भन्सार कार्यालयबाट भन्सार तिरेर काँकरभिट्टा प्रवेश गरेकाे थियाे ।

काँकरभिट्टा बसपार्क उत्तर पुरानाे सुपारी लाइन जहाँ मिनी क्यासिनाे लगायतकाे सानाे मार्केट छ ।

ती पर्यटकले त्यहाँ सडक छेउ बन्द भएको पसलकाे पेटीमा जिप पार्किङ गरेर राखे । मार्केट घुमेर फर्किदा गाडीमा ह्वील लक लागेकाे थियाे ।

एकजना ट्राफिक प्रहरीले पर्यटकलाई भन्याे-´नाे पार्किङ जाेन हाे, गाडी राख्न मिल्दैन फाइन लाग्छ ।`

पर्यटकले भन्याे-´हामीलाई यहाँ पार्किङ गर्न हुँदैन भनेर थाहा थिएन । पार्किङ गर्ने ठाउँमा हामीलाई कसैले देखाएन । मैले सडकदेखि परै राखेकाे थिए । समस्या पर्दैन जस्ताे लागेर राखे । भरे प्रहरीले लक लगाए छ । फाइन तिर्नु पर्छ भनेकाे छ ।`

उनी जस्ता बाह्य पर्यटकले याे नियती भाेगेकाे धेरै जना छन् । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् ।

भारत तथा अन्य मुलुकबाट गाडी लिएर आउने पर्यटकले काँकरभिट्टामा पार्किङ छैन् । अन्य नाका प्रयाेग गर्नु पर्छ भन्ने मानसिकता बनाउन थालेका छन् ।

अहिले धेरै पर्यटकहरू मिरिकबाट पशुपति, रानीबाट विराटनगर, गलगलियाबाट भद्रपुर लगायतका नाका प्रयाेग गरेर नेपाल छिर्ने गरेकाे स्थानीयकाे भनाई छ ।

यस विषयमा ट्राफिक प्रहरी पाेष्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक (सई) नारायण राईले अनाधिकृत रूपमा पार्किङ गरेर राखिएका गाडीहरूलाई लक लगाउने गरिएको बताए ।

उनले काँकरभिट्टामा आन्तरिक तथा पर्यटकका लागि गाडी पार्किङ गर्ने निश्चित ठाउँ नभएको स्वीकार गरे ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निशेष चापागाईंले गृहमन्त्रीकाे निरीक्षणपछि अनाधिकृत पार्किङलाई कडा गरिएको दावी गरे ।

उनले पार्किङलाई व्यवस्थित गर्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेरअघि बढ्न सकिने तर्क गरेका छन् ।

स्थानीयबासी भन्छन्-´बाह्य पर्यटकलाई समस्या भयाे । आन्तरिक पर्यटकलाई पनि गाराे छ । व्यवस्थित पार्किङ अत्यआवश्यक छ । मार्केटकाे गल्ली अनुसार पार्किङ आलोपालाे गरिदिनु पर्छ । पार्किङ भएन भने पर्यटकहरू अन्य नाकाबाट जान्छन् । यहाँको व्यापार सुक्छ ।`

काँकरभिट्टाका अधिकांश स्थानीयले भारतीय गाडी घरमा राख्ने गरेका छन् । कसैले भन्सार काटेर, कसैले नकाटी राख्ने गरेकाे गुनासाे छ । त्यसमा प्रहरी र भन्सार कर्मचारीले चासाे नदिएकाे स्थानीयकाे आरोप छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल (सीडीओ) ले काँकरभिट्टामा पार्किङ नभएका कारण पर्यटकले दु:ख पाएकाे बताए ।

उनले यसका लागि नगरपालिका र स्थानीय प्रहरीसँग बुझेर समाधानकाे बाटाेतिर लाने प्रयास गर्ने जानकारी दिए ।

नेपाल-भारतकाे १९५० काे सम्धी अनुसार भारतीय गाडीलाई नजिकैकाे बजार धुलाबारीसम्म दिनभरीलाई नि:शुल्क छ ।

भारतकाे सीमा नाका नक्लसबारी बजारसम्म याे सुविधा छ । तर, भारतीय पक्षले याे सुविधा दिएकाे छैन । नेपालले भने याे सुविधा दिइरहेको छ ।

त्यस्तै अस्थायी पैठारीका रूपमा धुलाबारीदेखि पश्चिम जहाँ गएपनि विहान साढे ८ वजेदेखि बेलुका गेट बन्द नहुन्जेल राति १० वजेसम्मका लागि माेटरसाइकललाई २०० रूपैयाँ र कार, जिपलाई ६०० रूपैयाँ  भन्सार लाग्ने छ ।

पछिल्लो समाचार

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

अघिल्लो समाचार

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

Related Posts

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
banner -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार
उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता
banner

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

भदौ १३, २०८३, १२:२१ .शनिबार
मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 
banner

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार
झापामा ५ लाख मानिसलाई ´जापानिज इन्सेफ्लाइटिस` विरूद्धकाे खाेप लगाइने
banner -1

झापामा ५ लाख मानिसलाई ´जापानिज इन्सेफ्लाइटिस` विरूद्धकाे खाेप लगाइने

भदौ ११, २०८३, १०:५१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.