८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भद्रपुर झापा गोल्डकपको तयारी पूरा

अठार वर्षपछि मेची रंगशालामा गोल्डकप हुँदै

फाल्गुन ६, २०७९, ४:२७ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ६ फागुन । मेची रंगशालाको काचुली फेरिएको छ । प्यारापिट रंगिएका छन् । अठार वर्षपछि भद्रपुरमा फुटबल प्रतियोगिता हुँदैछ ।

नरम घाँस मैदान मुलायम बनेको छ । रंगशाला प्रवेश गर्ने मुख्य बाटो नयाँ बनेको छ । भद्रपुर विमानस्थलदेखि रंगशालासम्म सडकमा भ्यापरलाइट राखिएका छन् । यति मात्र होइन, चन्द्रगढीको एकमात्र महेन्द्र पार्कमा रंगरोगन भएको छ ।

भद्रपुरमा आएको यो परिवर्तन त्यहाँ फागुन ७ गतेदेखि सुरु हुन लागेको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताका कारणले हो ।

सार्कस्तरीय ए लेभलका क्लबहरुबीचको फुटबल प्रतियोगिताको आयोजनासँगै मेची रंगशाला र वरपरको पर्यटकीय आकर्षणका संरचनाले नयाँ स्वरुप पाएका हुन् ।

नेपाल, भारत, भूटान र बंगलादेशका दश टिमको सहभागिता रहने प्रतियोगितालाई मुस्ताङ बियरले मुख्य प्रायोजन गरेपछि प्रतियोगिताको नाम अगाडि मुस्ताङ थपिएको छ ।

मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटल प्रतियोगिताका आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङ मस्र्याङ्दी लगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागिता रहने प्रतियोगितामा आयोजकका तर्फबाट भद्रपुर ब्लेजर्स टिममा स्थानीय र क्यामरुमका ख्यातिप्राप्त खेलाडी समेटिएका छन् ।

फाुगन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रतियोागिताको उद्घाटन झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका उपप्रधानमन्त्री, ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री राजेन्द्र लिङ्देनले गर्नेछन् ।

प्रतियोगिताका विजेता टिमले १३ लाख रुपैयाँको प्रथम पुरस्कार पाउने छ भने दोस्रो हुनेले ७ लाख रुपैयाँको पुरस्कार पाउने छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ ।

ज्येष्ठ नागरिक, विद्यार्थी र अपांगता भएकालाई निःशुल्क खेल हेर्न दिने व्यवस्था मिलाइएको छ । सबैभन्दा सस्तो टिकटको १५० रुपैयाँ लाग्ने र त्यसवापत दर्शकले १४० रुपैयाँ बराबरको सिंगापुर बेभरेजको जुस सित्तैमा पाउने बताइएको छ ।

रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकले हरेक दिन २४ इन्चको एउटा टिभी, सौर्य एयरलाइन्सको काठमाडौँ भद्रपुरको ३ वटा टिकट र ५ जनाले होटलमा खाना निशुल्क पाउने गरी लक्की ड्रको व्यवस्था समेत गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

आयोजक समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, आयोजक टिमका प्रमुख प्रशिक्षक हरि खड्का, सौर्य एयर लाइन्सका अध्यक्ष दिपक पोखरेल, पूर्व एआइजी विज्ञानराज खड्का लगायत खेल संम्बद्ध अगुवाहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

धुलाबारी बजार क्षेत्र च्याम्पियन

अघिल्लो समाचार

जग्गा वर्गीकरण कार्य अन्तिम चरणमा

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.