२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड महोत्सवमा घुईचो, सीसी क्यामेराको निगरानी

फाल्गुन १६, २०७९, १:५९ .मङ्लबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ फागुन । गत फागुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको २४सै घण्टा सीसी क्यामेराबाट निगरानी भइरहेको छ ।

महोत्सवमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएसंगै अबलोकनकर्ताको घुइचो लागेको हो । बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव स्थलमा अत्याधुनिक उपकरणसहितको सीसी टिभी जडान गरेसंगै महोत्सव प्रविधिमैत्री बनेको हो ।

सीसी क्यामेरा मोनिटर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर निगरानी बढाइएको हो । महोत्सव स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले समेत थप सुरक्षा सर्तकता अपनाएर महोत्सवस्थललाई सुरक्षित बताएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

उनले भने– ‘महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्ने हिसाबले हामीले सुरक्षामा राम्रो प्रबन्ध गरेकाछौं । ढुक्क भएर महोत्सव अवलोकन गर्न सक्नुहुनेछ ।’ महोत्सव सफल बनाउन दिनरात सुरक्षामा खट्ने सुरक्षाकर्मीहरुलाई आयोजकलदे धन्यवाद दिदैं उनीहरुको प्रशंसा गरेका छन् ।

आगामी फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको आगमन हुने भएपछि अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बिर्तामोड–२ स्थित प्रभु रामचोकमा जारी महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायत जिल्लाका साथै छिमेकी देश भारतबाट समेत अवलोकनकर्ताहरु महोत्सव अवलोकन गर्न आएको आयोजक समितिले जनाएको छ ।

कोरोनाका कारण आर्थिक कारोबारमा मन्दी आइरहेका बेला आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले व्यापार महोत्सवको आयोजना गरेको हो । व्यापार महोत्सवले प्रदेश १ का कृषि, पर्यटन लगायतका क्षेत्रको प्रचारमा भरपुर सहयोग गरेको जनाइएको छ ।

यसैबीच बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा डीडी सेक्युरिटी सर्भिसका नागरिक सुरक्षा गार्ड (सुरक्षा कर्मी) हरूले सुरक्षा सेवा प्रदान गरिरहेको छ । काठमाडौं गुहेश्वरीमा मुख्य कार्यालय रहेको डीडी सेक्युरिटी सर्भिसको प्रदेश १ क्षेत्रीय कार्यालय बिर्तामोडले महोत्सवमा सुरक्षा प्रदान गर्दै आएको हो ।

बिर्तामोडमा एक वर्ष अघिमात्रै कार्यालय स्थापना भएर सेक्युरिटी सेवा उपलब्ध गराउँदै आएको डीडी सेक्युरिटी सर्भिसले महोत्सवमा ६ जना महिला, ४ जना वरिष्ठ, १ जना सुपरभाइजर गरि ४७ जना गार्डहरू परिचालन गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत ८० जना गार्डहरू सुरक्षा सेवामा कार्यरत रहेको डीडी सेक्युरिटी सर्भिसका क्षेत्रीय कार्यालय प्रमुख राज आङदाङवेले बताए ।

डीडी सेक्युरिटी सर्भिसमा भूतपूर्व सेना, प्रहरी र सिभिल गार्डहरू रहेका छन् । बिर्तामोडको विभिन्न बैंक, वित्तिय संस्था, होटलहरूमा गार्ड परिचालन गर्दै आएको डीडी सेक्युरिटी सर्भिसले सेवा सुरु गरेको छोटो अवधिमा आफ्नो पहिचान बनाउन थालेको छ ।

डीडी सेक्युरिटी सर्भिसले वेला वेला तालिमको आयोजना गरेर गार्डहरू नियुक्त गर्ने गरेको छ । सीसी क्यामरा, अग्नि नियन्त्रण, रेडियो सेटलगायतका प्राविधिक सीप प्रदान गरेर दक्ष सुरक्षा गार्डहरू तयार पार्दै आएको छ । सुरक्षा भित्र अनुशासन मुख्य विषय रहेकोले पिटी, परेट र हुनसक्ने सम्भावित घटना हुन नदिने जस्ता विभिन्न तालिमहरू डीडी सेक्युरिटी सर्भिसले दिदैँ आएको आङदाङवेले बताए ।

आङदाङवेले भने– ‘सुरक्षा गार्डको माग बढ्दो छ । सयौँलाई रोजगारी दिने लक्षका साथ अघि बढेका छौं । हामिले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएका छौं ।’ गार्डको तर्फबाट १० प्रतिशत र कम्पनीको तर्फबाट तलबको २० प्रतिशत रकम सामाजिक सुरक्षामा छुट्याइने गरेको छ ।

 

पछिल्लो समाचार

आचार्यले दिए मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा एक लाख

अघिल्लो समाचार

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ स्वीकृत

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.