१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा भेट्रान फुटबल प्रतियोगिता

विराट भेट्रान क्लबको विजयी सुरुवात

फाल्गुन २८, २०७९, ३:५७ .आइतवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ फागुन । काँकरभिट्टामा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबलको पहिलो उद्घाटन खेलमा भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै विराट भेट्रान फुटबल क्लब मोरङ विजयी भएको छ ।

शनिबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ डाउन टाउनलाई ४–१ गोल अन्तरले पराजित गर्दै विराट भेट्रान क्लब विजयी भएको हो ।

खेलको १३ औँ मिनेटमा विराटका डेनिम राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा दार्जिलिङका सुदिप राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । खेलको पहिलो हाप बराबरी खेलेको दार्जिलिङ दोस्रो हापमा कमजोर देखिएको थियो ।

विराटसामु फितलो प्रदर्शन गरेको दार्जिलिङलाई फराकिलो गोल अन्तरले पराजित गर्न विराटको तर्फबाट ५२ औं मिनेटमा डेनिम राईले थप एक गोल गर्दा दिपेन राईले ५८औँ र सुनिलकुमार सुवेदीले ६८ औं मिनेटमा गोल गरेका थिए ।

दार्जिलिङले थुप्रै अवसरहरू सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ द म्याच विजेता टिमका सुनिलकुमार सुवेदी घोषित भए । उनले नगदसहित ट्रफि प्राप्त गरे ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा सञ्चालित प्रतियोगिताको उद्घााटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले खेलकुदको क्षेत्रबाट मेचीनगरलाई चिनाउन, प्रोत्साहान गर्न र संरक्षकको रुपमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेशका निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालकाका निवर्तमान मेयर विमल आचार्य, झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष शंकर थापा, पूर्व अध्यक्ष डिल्लिराम घिमिरे, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, किङ्गस बेरीका सञ्चालक प्रकाश गौतम लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

बिर्तामोडको सेभेन हर्सेसको मुख्य प्रायोजन, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सहआयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपाल र भारतका १० वटा टिम सहभागी रहेका छन् । प्रतियोगिताको विजेतालाई २ लाख र उपाधि विजेतालाई नगद १ लाख राशिको पुरस्कारसहित ट्रफि, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आइतबारको खेल आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लब र मिलामोड त्रिभेनी साङ्घा दार्जिलिङबीच हुने क्लबका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । क्लबका वरिष्ठ उपाध्यक्ष पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले गरेका थिए ।

पछिल्लो समाचार

धुलाबारी खानेपानीको साधारण सभा

अघिल्लो समाचार

पहिचानबादीहरुद्वारा ‘कोशी प्रदेश’ ठप्प

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.