मेचीनगर, ३ चैत । काँकरभिट्टाको रमाइलो गाउँमा महासम्बोधी धर्मगुरुका अनुयायीहरुले तीन दिवसीय महामैत्री पूजाको आयोजना गर्ने भएका छन् ।
आज बोधि श्रवण धर्म संघ जिल्ला शाखाले पत्रकार सम्मेलन आयोजना गरेर यही चैत ८ गतेदेखि १० गतेसम्म सो पुजा हुन लागेको हो ।
मेचीनगर–६, काँकरभिट्टा स्थित रमाइलो गाउँमा महामैत्री पूजा आयोजना हुन लागेको बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य फुर्वा तामाङले बताए ।
कोशी प्रदेश भरीका ९ वटा जिल्लाका ठूलो संख्यामा धर्मगुरु रामबहादुर बमजनका अनुयायीहरुको सहभागिता रहने छ । बोधी श्रवण संघका सदस्य बालहरी राईको घर छेउमा सो पूजाको आयोजना गरिएको छ ।
‘नयाँ पालुवा आउँदै गरेका वनस्पतीको स्वागत गर्दै मुक्ति, मोक्ष र उद्धारको कामना स्वरुप हामीले यस पूजा प्रार्थना गर्न लागेका हौँ ’केन्द्रिय सदस्य तामाङले भने–‘झापासहित कोशी प्रदेशका ९ वटा जिल्लाका २१ जना गुरु र धर्मसंघका भक्तहरु पुजामा आउँनेछन् ।’
पुजा विहान ६ वजेदेखि बेलुका ५ वजे सम्म हुनेछ । पुजा कार्यक्रममा प्रवचन दिन प्रवक्ता श्रेयाङ माआत्मा गुरुज्यु आउँने बोधि श्रवण धर्म संघका झापा जिल्ला अध्यक्ष अनिल तामाङले बताए ।
२०६२ सालबाट आफ्नै मैत्री भाषा, संस्कार संस्कृति विकास गर्दै देशभरी नै हाम्रो धर्मलाई चिनाइरहेको उनले बताए ।




Discussion about this post