३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वेपत्ता घिमिरे सम्पर्कमा

महामन्त्री शर्माको पहलमा गोपाल घिमिरे दशैँमा घर आउने

भदौ ७, २०८०, २:१९ .बिहिबार
0
0
0
SHARES
438
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ भदौ । मलेसियामा ६ वर्षदेखि सम्पर्कविहिन भएका काँकरभिट्टाका गोपाल घिमिरेको आमासँग फोनमा कुराकानी भएको छ ।

आज दिउँसो ३ वजे मलेसियाबाट गोपालले काँकरभिट्टा निवासी आमा सानी ढकाल घिमिरेसँग भिडियो कलमा कुराकानी भएको हो ।
१६ वर्षदेखि मलेसियामा रहेका गोपाल ६ वर्षदेखि परिवारबाट सम्पर्कविहिन भएका थिए ।

बुधवार मात्रै आमा सानी घिमिरेले प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरुसँगको भेटमा मलेसिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहिन भएपछि खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

भिडियो भाइरल

सोहि विषयको भिडियो पत्रकार अर्जुन कार्कीको सामाजिक सञ्जालबाट भाइरल भएपछि सबैको ध्यानाकर्षण भएको थियो ।
सो भिडियो देखेपछि नेपाली कांग्रेसका महामन्त्री एवम् झापा–१ सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण भएको थियो ।

शर्माले यस्तो कमेन्ट गरे :

यो भिडियो देख्नासाथ मलेसिया स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनिलाई पठाएर टेलीफोन सम्पर्क गरेको छु । मलेसिया स्थित नेपाली दूतावास, दूतावास मार्फत मलेशियन प्रहरी र त्यहाँ रहेका नेपाली संघसंस्था मार्फत गोपाल घिमिरेको खोजिका लागि अभियान शुरु गरिएको जानकारी गराउँदछु ! आमाले आफ्नो छोरा अनि पुरै परिवारले आफ्नो सदस्यसँगको मिलन चाँडै पाउने आशा राखौं ।
आशा राखौं उहाँ भेटिनु हुनेछ !
यो पोस्ट गर्नुहुने मित्र अर्जुन कार्की र अन्य सबै संचारकर्मी मित्रहरूलाई हृदयदेखि धन्यवाद !
– विश्वप्रकाश शर्मा

यसरी भेटिए गोपाल घिमिरे

सांसद शर्मा मार्फत मलेसियाको दूतावासको पेजमा मैले पोष्ट गरेको भिडियो राखेको रहेछ । उक्त भिडियो हेरेर एकजना अपरिचित व्यक्तिले मेरो वट्सर्वमा फोन गरेका थिए । मलाई फोन गर्ने मलेसियामा बस्ने पोखराका प्रताप थापा रहेछन् ।
उनले नै मलाई वट्सर्वमा गोपाल घिमिरेको फोटो र हामीसँगै छन् भन्ने खवर दिए । त्यसपछि गोपालको आमाको नम्बर उनलाई पठाईदिएको थिए ।

आमा–छोराको फोनमा गफ

आज दिउँसो ३ वजे छोरा गोपालले आमालाई भिडियो कल गरेका थिए । छोराको फोन आएपछि आमा खुशीले गद्गद् भएकी छन् । सानीका अनुसार छोराले मलाई यहाँ अपठेरो छ । मलाई नेपाल झिकाईदिनु होस् । छोराको कुरा सुनेपछि सानीले मलाई जानकारी गराउनु भएको थियो ।

भोलि पंगेनीसँग गोपालको भेट हुने

मैले मलेसियामा रहेका गोपाल, उनका साथि प्रताव र इलामका कृष्ण खतिवडासँग कुराकानी गरे र सबैकुरा बुझे । कुरा भइरहेको बेला प्रतावसँग नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीले पनि फोन गरेर बुझ्ने काम भएको छ । भोलि (शुक्रवार) पंगेनीसँग गोपाल र प्रतावसँग भेट हुने कुरा भएको छ ।

गोपाल दशैँमा घर आउने

यसैबीच विश्वप्रकाश शर्माले मलाई फोनमा भने–‘सर्वप्रथम तपाईलाई धन्यवाद छ । तपाईले पोष्ट गरेको भिडियो सम्बन्धीत ठाउँमा पुर्याए । हाम्रा साथीहरुसँग गोपाल घिमिरेको सम्पर्क भइसक्यो । गोपालको ट्राभल डकुमेन्ट बनाउन समय लाग्ने भएकाले दशैँमा नेपाली जनसम्पर्क समिति र मेरो खर्चमा नेपाल आइपुग्ने शर्माले जानकारी दिए ।

शर्माले भने–‘गोपाल दशैँमा घर आएपछि तपाई, म र गोपालसँगै आमा (सानी घिमिरे) को हातको टिका लगाउँने छौँ । उनका अनुसार त्यो कुरा आमालाई सुनाईदिँदा हुन्छ ।

पछिल्लो समाचार

कोशीमा दीर्घकालीन प्रकृतिको निर्णय नगर्नु : सर्वोच्च

अघिल्लो समाचार

इन्स्पेक्टरमाथि बञ्चरो प्रहार गर्ने ३ पक्राउ

Related Posts

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.