९ भाद्र २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाँच हजार मेट्रिकटन अलैंची निर्यात

भदौ ६, २०७८, ७:२१ .आइतवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ भदौ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको छ ।

गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६÷०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो ।

अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा भने ४ अर्ब १ करोड ९२ लाख १४ हजार रुपैयाँ भित्रिएको छ । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा पाँच हजार दुई सय ४० मेट्रिकटन निर्यात हुँदा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यात बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि छलफल भइरहेको छ । भारतमा अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ ।
उत्पादित अलैंची निर्यातको मुख्य बजार भारत हो । भारतसँगै चीन, यूएई, पाकिस्तान लगायतका देशमा पनि नेपाली अलैंची निर्यात हुने गर्दछ । नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको पनि केन्द्रले जनाएको छ ।

अलैंची खेती विस्तार हुँदै

प्रदेश एकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार देशभर १२ हजार पाँच सय आठ हेक्टरमा अलैंची खेती हुँदै आएको छ, जसमा प्रदेश १ का हिमाली तथा पहाडी जिल्लामा ११ हजार ६ सय सात हेक्टर क्षेत्र रहेको छ ।

नेपालमा अलैंचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार पाँच सय २० मेट्रिक टन रहेको छ, जसमा ९३ दशमलव ४९ प्रतिशत अलैंची प्रदेश १ मा मात्रै उत्पादन हुने गरेको पाइन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंचीको खेती हुन्छ ।

अलैंची निर्यातजन्य बहुमूल्य मसला बाली हो । एक पटक रोपेपछि १५–२० वर्षसम्म यसले उत्पादन दिन्छ । किसानलाई आधुनिक भट्टी, निःशुल्क अलैंचीको विरुवा, र तालिम दिने जस्ता सरकारी सहयोगका साथै उचित मूल्य पाएकाले खेती विस्तारमा किसान पनि लागी परेकाले खेती विस्तार हुँदै गएको हो ।

अलैंची खेती प्रदेश २ बाहेक अरु सबै प्रदेशमा फैलिएको छ । यसको खेती पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्म हुने गरेको छ । ‘डम्मरसाई’, ‘रामसाई’, ‘चिवेसाई’, ‘गोलसाई’, ‘राम्ला’, साउने लगायत नेपालमा रोपिने अलैंचीका प्रमुख जात हुन् ।

गोदाममा राखिएका कस्ता अलैंची सुरक्षित ?

परम्परागत अलैंची भट्टीमा र आधुनिक भट्टीमा सुकाएर दुई तरिकाले प्रशोधन गरिन्छ । परम्परागत अलैंची भट्टीमा सुकाइएका अलैंची कम गुणस्तरको हुन्छ । आधुनिक भट्टीमा सुकाइएका तयारी नेपाली अलैंचीको गुणस्तर राम्रो र लामो समयसम्म भण्डारण गरेर राख्न सकिने माईजोगमाई गाउँपालिका–१ इलामका किसान तथा व्यवसायी कुशुम दाहाल बताउनुहुन्छ ।

भण्डारण गरेर राखिएका अलैंचीलाई पाटको बोरामा राख्ने, घाम नलाग्ने ओसिलो ठाउँमा राख्नाले यस्ता अलैंची वर्षौँवर्षसम्म सुरक्षित हुने गरेको पाइएको छ । प्लाष्टिकको बोरामा राखिएका अलैंचीमा भने ढुसी आउने, तौल कम हुने, स्वादमा फरक हुने जस्ता समस्या देखा पर्ने किसान हिमादेवी गौतमको अनुभव छ । तयारी अलैंची भण्डारण गरेर राखेको ५ वर्ष बित्दा समेत जस्ताको त्यस्तै रहने गौतमले जानकारी दिनु भयो ।

पछिल्लो समाचार

छोराको जन्मोत्सवमा मन्दिरलाई घण्टी

अघिल्लो समाचार

‘उज्यालो र सफाइ सहर अभियान’

Related Posts

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद
banner

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

भदौ ८, २०८३, १२:२९ .सोमवार
उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.