२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सर्प किन घरभित्र पस्छ ?

साउन १५, २०७९, ४:०६ .आइतवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ साउन । गर्मी मौसममा तराईमा सर्पको बिगबिगी नै हुने गर्छ । विषालु सर्पको डसाईबाट अकालमै ज्यान जान्छ ।

विहीवार राति मेचीनगर वडा नं. ११ निवासी स्वास्थ्य स्वयम्सेविका रुपा मैनालीको सर्पको टोकाइबाट मृत्यु भएपछि धेरैलाई झस्काएको हुनुपर्छ ।

राति ९ः३० बजेतिर घरभित्रै ४५ वर्षीया मैनालीलाई सर्पले डसेको थियो । तत्काल उपचारका लागि चारआलीस्थित सर्पदंश उपचार केन्द्र पुर्याइयो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बीएन्डसी हस्पिटल लैजाँदा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

शुक्रवार विहान गाउँलेले घरभित्र सर्च गर्दा फ्रिज राखिएको कुनामा गुजुल्टिएर गोमन सर्प बसिरहेको भेटियो । स्थानीयले सर्प मारिदिए ।
विज्ञहरुका अनुसार करीव ६ महिने गुप्तबासपछि गर्मी याममा सर्पहरु सतहमा निस्किन्छन् । भ्यागुता, मुसा आदि उनीहरुको मुख्य आहारा भएकाले त्यसको खोजी गर्दै सर्प घरभित्रै घुस्छन् ।

साउन महिनामा भ्यागुताका चुलबुले बच्चाहरु उफ्रिदै घरभित्र डुलिरहेका हुन्छन् । तिनैलाई पछ्याउँदै सर्प घरमा आउँछन् ।
सर्प आक्रामक हुँदैन । तर छेउमा खतरा आइलागेको अनुभूति गर्यो भने सर्पले जेसुकैलाई पनि डस्छ । मानिस आफ्नो काम विशेषले घरभित्र ओहोरदोहोर गर्दा सर्पलाई आक्रमण हुन लागेको जस्तो भान पर्छ र मानिसलाई डस्छ भन्ने विज्ञहरुको भनाई छ ।

त्यहीकारण रातिको समयमा घरभित्रै उताउता हिँड्दा र दिसापिसाब फेर्न बाहिर निस्कदा उज्यालो (टर्च) नलिई हिँड्नु जोखिमपूर्ण हुन्छ । राम्ररी हेरेर मात्र हिँड्नु पर्छ । ताकि सर्प रहेछ भनेर जोगिन सकियोस् ।

कसरी जोगिने ?

अर्को कुरा, घर वरिपरि घाँस जंगल बढ्न दिनु हुँदैन । काठ, ढुंगा र लुगाकपडाहरु जथाभावी थुपार्नु हुँदैन । त्यसैमा सर्प लुकेर बस्छ । परालको कुन्यू र मुसाको दुलोमा सर्प लुकेर बस्ने गर्दछ । त्यहाँ जथाभावी हात घुसार्नु हुँदैन ।

अँध्यारो बेलामा हिँडडुल गर्नै पर्यो भने टर्चलाइट र लौरो बोकेर हिँड्नु पर्दछ । लौरोले अगाडि ठ्याक् ठ्याक् पार्दै हिँडियो भने सर्प भाग्छन् । कथम्कदाचित सर्पले डसिहाल्यो भने तुरुन्त सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजानु पर्दछ ।

के के नगर्ने ?

धामीझाक्री लगाउने, खुर्सानी खुवाउने, झारफुक गर्ने, सिन्दुर र झारमउरो दल्ने, पूजापाठ गर्ने, घाउ चिर्ने लगायतका हर्कत गर्नु हुँदैन ।
सर्पले डसेको स्थानबाट मानिसको रगतमा विष फैलिने भएकाले उपचारमा ढिलो लगियो भने ज्यान जाने बढी जोखिम हुन्छ ।

रबर, डोरी र कपडाले डसेको ठाउँ छेउमा टन्टनी बाँधेर बिरामीलाई झन् सास्ती दिलाउने कार्य पनि राम्रो होइन भन्छन् डाक्टरहरु ।
अस्पताल बिरामी लैजाँदा हिँडाएर र दौडाएर लानु हुँदैन । त्यसो गर्दा छिटो छिटो रक्तसञ्चार भई बिरामीको शरीरमा विष छिटो फैलिन्छ ।

एम्बुलेन्स वा सवारी साधनमा सुताएर र टोकेको अंग नचलमलाइकन अस्पताल लैजानु राम्रो हुन्छ । भरसक आफै मोटरसाइकल वा साइकल हाँकेर पनि जानु हुँदैन । अर्काले चलाएको बाइक वा साइकलमा पछाडि बसेर जानुपर्छ ।

विज्ञहरुका अनुसार सर्पले डसेको बिरामीको मृत्यु विष फैलिएर भन्दा छिटो आत्तिएर हुने गर्दछ । बढी डरायो भने हर्ट एट्याक हुने र रक्तसञ्चार छिटो हुने जोखिम हुन्छ ।

कहाँ हुन्छ उपचार ?

झापामा सबैभन्दा धेरै सर्पदंशका बिरामीको उपचार मेचीनगर वडा नं. १३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा हुने गर्दछ ।
त्यहाँ नेपाली सेनाको प्राविधिक टोलीले उपचार गर्ने भएकाले धेरैको विश्वास रहेको पाइन्छ ।

दमकस्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा पनि सर्पदंश उपचार सेवा सञ्चालित छ । कचनकबलको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सर्पदंश उपचार सेवा केन्द्र रहेको छ । यी बाहेक झापाका सबै अस्पतालमा सर्पदंशको उपचार हुन्छ ।

पछिल्लो समाचार

रोटरी मेचीनगरको अन्तरक्रिया

अघिल्लो समाचार

अर्थमन्त्रीमा जनार्दन शर्मा फेरि नियुक्त

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.