१७ भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

पारिजातले दियाे एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार 

फाल्गुन १७, २०८२, ४:१२ .आइतवार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

 

मेचीनगर, १७ फागुन । मेचीनगर-९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच एसईईमा उत्कृष्ट भएका विद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक, दीर्घसेवा शिक्षक सम्मानहरूलाई सम्मान गरेकाे हाे ।

विद्यार्थीले आफ्ना प्रतिभाहरू प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल विनोदकुमार श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट विद्यार्थी सम्मान वार्षिकोत्सवमा २०८१ सालको एसईई परीक्षामा मेचीनगर प्रथम भएकी नुब्सा लिम्बू थलङलाई विद्यालयले नगदसहित सम्मान गरेको छ ।

उनलाई नगद ५० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो । गत वर्षको एसईईमा ४ जीपीए ल्याएर उनी नगर प्रथम भएकी थिइन् ।

त्यस्तै, कार्यक्रममा सोही विद्यालयका छात्र अंकित आचार्यलाई पुरस्कृत गरियो । उनलाई नगद २५ हजार रुपैयाँले सम्मान गरिएको हो । आचार्यले गत वर्षको एसईईमा ३.९१ जीपीए ल्याएका थिए ।

यस्तै छात्रा जयन्ती बुढाथोकीले ३.९१ ल्याउन सफल भएकी थिइन् । उनलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा गत वर्षको एसईई परीक्षाको तयारीमा अहोरात्र खटिएका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

शिक्षक मनोज चौधरी, विशाल आचार्य, सुरज चौधरी, रक्षा पाठक, पुष्प खतिवडा र सुसन भेटवाललाई सम्मान गरेकाे हाे ।

उत्कृष्ट शिक्षक सम्मान यस्तै, विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा तीन जनालाई सम्मान गरेको छ ।

शिक्षक मनोज चौधरी, भावना भण्डारी र सोनिया घिमिरे दाहाललाई वर्ष उत्कृष्ट शिक्षक सम्मान गरिएको हो ।

यसरी नै पूर्व शिक्षक सम्मान पुष्प खतिवडालाई अर्पण गरिएकाे थियाे । उनले लामो समय सोही विद्यालयमा अध्यापन गराएका थिए ।

उत्कृष्ट अभिभावक सम्मान विद्यालयले असल अभिभावक सम्मानलाई पनि समेटेको छ । यो वर्ष उत्कृष्ट अभिभावकको रुपमा प्रकाश बानियाँलाई सम्मान गरेको हो । मेचीनगर-९ निवासी उनी सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् ।

दीर्घसेवा शिक्षक सम्मान
वार्षिकोत्सव कार्यक्रममा विद्यालयले दुई जना शिक्षासेवीलाई दीर्घसेवा शिक्षकका रुपमा सम्मान गरेको छ । शिक्षक कैलाश कार्की र मेनुका निरौलालाई सम्मान गरेकाे थियाे । दुवै जना शिक्षकले विद्यालय स्थापनादेखि अहिलेसम्म अध्यापन गराउँदै आएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा प्याब्सन झापा अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको थियाे ।

कार्कीले विद्यार्थीको रुचि अनुसार पढाइ आवश्यक रहेको बताए । अबको शिक्षा समयानूकुल हुनु पर्नेमा उनकाे जोड थियोे ।

कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्री, कविशिरोमणि माविकी अध्यक्ष संगीता थापा, कविशिरोमणिका प्रधानाध्यापक हरि न्यौपाने, सहायक प्रधानाध्यापक तुलसा दंगाल, धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाई, सामाजिक व्यक्तित्व चन्द्रमणि पौडेल, प्रकाश भण्डारी, प्रेम सोम्वाहाम्फे, जानुका न्याैपाने ओली, शिक्षासेवी सपना ओडारी, नेत्र खतिवडा, शान्ति गजमेर लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा विद्यार्थीको प्रस्तुति रोचक थियो । अभिभावकको उपस्थिति खचाखच रहेको कार्यक्रममा आफ्ना विद्यार्थीको प्रस्तुतिले झन् रमाइलो भएको थियो ।

विद्यार्थीहरुले गीत, नृत्य, नाटक, फेसन शो प्रस्तुत गरेका थिए । बाल क्लबकी अध्यक्ष जेनिशा बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुनिता आचार्य, निलम कट्टेल, सोनिया घिमिरे र रञ्जु बरालले संयुक्त रूपमा गरेका थिए ।

अन्य स्टेजको कार्यक्रम विद्यार्थीहरुले आलोपालो सञ्चालन गरेका थिए । रजत जयन्तीले विद्यालयलाई विगतको संघर्ष सम्झँदै भविष्यका नयाँ लक्ष्य तय गर्ने अवसर दिएको प्रिन्सिपल श्रेष्ठले बताए ।

उनले एसईईमा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई ‘पारिजात शिक्षा पदक’ बाट विभुषित गर्दै जाने जानकारी दिए ।

पछिल्लो समाचार

यूएईमा बमबारी हुँदा नेपालीको मृत्यु

अघिल्लो समाचार

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु

Related Posts

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
banner -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार
काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती
banner

काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती

भदौ १५, २०८३, २:४१ .सोमवार
उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता
banner

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

भदौ १३, २०८३, १२:२१ .शनिबार
मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 
banner

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.