१९ भाद्र २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

असार ७, २०८३, ५:०० .आइतवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

चितवान, ७  असार । रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए ।

रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो । चितवनको गेष्टहाउस चौरमा घण्टी बज्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भयो । मञ्चमा थिए देशका प्रमुख राजनीतिक दलका नेताहरू ।

नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता अगाडिको पङ्तिमा बसेका थिए ।

आयाेजक पार्टीका प्रमुख दुई नेताहरुकाे प्रतिक्षामा पाहुनाहरुले एक घन्टाभन्दा बढी प्रतिक्षा गर्नु परेकाे थियाे ।
रवि र बालेन एकसाथ कार्यक्रम स्थल प्रवेश गरे ।

बालेनले गगन थापा, सिके राउत लगायतलाई आफै‌ंले घन्टी दिएर बजाउन लगाएकाे राेचक द‍ृष्य देखियाे । गगन थापाहरुले टिनटिन घन्टी बजाइरहँदा कार्यकर्ताले स्वाद माने ।

प्रधानमन्त्री  बालेनले आज कार्यक्रम अवधिभरि धैर्यतापूर्वक मञ्चमा बसे । यतिमात्र हाेइन, उनले ‘लामाे’ भाषण पनि गरे । बालेनले आज गरेकाे करिब १० मिनेटकाे भाषण सम्भवत राजनीतिक जीवनकै सबैभन्दा लामाे हुन सक्छ ।

भाषणमा उनले पछिल्लाे समय आफूमाथि उठिरहेका केही प्रश्नकाे जवाफ दिएका छन्, जसका लागि संसदमा प्रतिपक्षीहरुले आवाज उठाइरहेका थिए ।  उनले पुराना दलहरू, विगतका सरकारहरू र स्थापित राजनीतिक संस्कारमाथि प्रश्न उठाए । सत्ता सञ्चालनको पुरानो शैलीमाथि कटाक्ष गरे । परिवर्तनको आवश्यकता दोहोर्‍याए ।

बालेनकाे दुर्लभ भाषणमा ताली बजिरह्यो । कार्यकर्ताहरू उत्साहित भइरहे ।  तर मञ्चको अगाडिको पङ्ति अपेक्षाकृत शान्त थियो । अतिथि नेताहरू मुस्कुराइरहेका थिए ।

उनीहरूका अनुहारमा सहजता र संयम देखिन्थ्यो । बालेनपछि माइक सम्हालेका सभापति रवि लामिछानेको स्वर फरक थियो । उनले उपस्थित सबै दलका नेताहरूलाई धन्यवाद दिए ।

राजनीतिक प्रतिस्पर्धा र राजनीतिक शत्रुताबीच फरक हुने बताए । लोकतन्त्रमा संवाद, सहकार्य र सम्मानको संस्कार आवश्यक रहेको उल्लेख गरे ।

शुभकामना दिनेक्रममा दलका प्रतिनिधिहरुले रास्वपालाई लोकतन्त्रका स्थापित मान्यता सम्झाएका थिए । इतिहाससँगै राजनीतिक संस्कार सुझाएका थिए । कांग्रेस सभापति गगन थापाले रास्वपाससँग सहकार्य र खबरदारी दुवै रहने बताउँदा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रियता, परराष्ट्र नीति र लोकतन्त्रप्रति संवेदनशील हुन आग्रह गरे ।

नेकपाका नेता वर्षमान पुनले संविधानको सीमाभित्र रहेर परिवर्तनको राजनीति गर्न सुझाव दिए । सिके राउतले लोकतान्त्रिक रूपान्तरणलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

पछिल्लो समाचार

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

अघिल्लो समाचार

बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`

Related Posts

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
banner -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार
काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती
banner

काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती

भदौ १५, २०८३, २:४१ .सोमवार
उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता
banner

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

भदौ १३, २०८३, १२:२१ .शनिबार
मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 
banner

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.