मेचीनगर, २१ भदाै । हात्ती प्रभावित क्षेत्रका पीडितहरूकाे भेलाले ´कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान` समिति गठन गरेकाे छ ।
तत्कालीन साविक बाहुनडाँगी गाविसका अध्यक्ष एवम् समाजसेवी निलकण्ठ तिवारीकाे नेतृत्वमा १०५ जनाकाे अभियान समिति गठन गरिएको हाे ।
मेचीनगर-१, २, ३ र ४ का जंगली हात्तीबाट पीडितहरुको हालै बसेकाे प्रतिनिधिमूलक भेलाले ´कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान` नामाकरण गरेर समिति गठन गरिएको थियाे ।
अभियानलाई सशक्त, जिम्मेवार र सहजताका लागि २५ जनाकाे सचिवालय समेत गठन पनि गरिएको छ ।
जसकाे संयोजकमा नीलकण्ठ तिवारी, सहसंयोजकहरूमा गोपीकृष्ण रिजाल, सन्तोष सुवेदी, सचिवद्वयमा रमेश दाहाल, विशालकृष्ण बाँस्तोला, सहसचिवद्वयमा काेषराज भट्टराई, देवेन्द्र थापा र कोषाध्यक्षमा पार्वता न्यौपाने रहेका छन् ।
यसैगरी, सदस्यहरूमा बृहस्पति खतिवडा,गोविन्द न्यौपाने, निरज घिमिरे, हेमलाल गुरागाईं, पासाङ तामाङ, सुर्यबहादुर राई, हरिप्रसाद चम्लागाँई, मेघराज खड्का, पुष्प गुरागाईं, रत्न केसी (कार्की), लीला न्यौपाने, गंगा कार्की, इन्दिरा पोखरेल – पवन बराइली, तिर्थराज नेपाल, सागर कार्की र लीला ढकाल छन् ।
अभियानले संरक्षण वादी भनिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बहकाउमा बिगत केही बर्षदेखि नेपाल सरकार बाट हात्ती संरक्षण योजना निर्माण गरि कोशी टप्पुदेखि मेची किनारसम्म जैविक मार्ग (हात्ती कोरिडोर) निर्माण गर्न लागेको सूचना सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
मेचीनगरदेखि कोशी टप्पुसम्म का हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरुसँग सम्पर्क, समन्वय र सहकार्य गरि प्रस्तावित कोरिडोर योजना यस क्षेत्रको इतिहास, सभ्यता , कृषि भूमि र सुरक्षित मानव बसोबास प्रतिकुल छ भन्ने तथ्यलाई उजागर गर्ने र सरकारलाई उक्त प्रस्तावित योजना फिर्ता लिन जनदवाव श्रृजना गर्ने अभियानकाे भनाई छ ।
अभियानका संयाेजक तिवारीका अनुसार बुद्वशान्ति गाउँपालिका-४, ५, ६ र ७ नम्बर वडा अन्तरगत साविक शान्तिनगर क्षेत्रमा बसोबास गर्ने जंगली हात्ती प्रभावित बासिन्दाहरुको प्रतिनिधिमूलक भेलाले वडा नम्बर ५ का तीरप्रसाद खतिवडाको संयोजकत्वमा सदस्यहरू
नारायण दाहाल, श्याम धिमाल, वीरेन शेर्मा, वुमन खालिङ राई, आयुष निरौला, खगेन्द्र प्रसाद गड्तौला, चन्द्रकला भट्टराई र कविता दाहाल रहेको कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान साविक शान्तिनगर समन्वय समिति गठन गरिएको छ ।
अभियानले कोशी टप्पुसम्मका सबै पालिकाहरुसँग सम्पर्क गरि अभियानलाई सफल पार्न समन्वय समिति गठन गर्दै जाने कार्यक्रम रहेकाे अभियानका सचिव रमेश दाहालले जानकारी दिए ।




Discussion about this post