बिर्तामोड, १५ कार्तिक । नेपाली कांग्रेसको झापा सभापतिमा कृष्ण हुमागाँई सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतबार बिर्तामोड स्थित अग्रसेन भवनमा सम्पन्न १५ औं नियमित महाधिवेश अन्तरगत जिल्ला अधिवेशनबाट हुमागाई सभापति पदमा चयन भएका हुन् ।
जिल्ला उपसभापतिद्वयमा राजकुमार नयाैपाने र कालेन्द्रप्रसाद सिंह राजबंशी, सचिवद्वयमा सञ्जय निराैला र विष्णुप्रसाद खरेल, सहसचिवमा चेतन खतिवडा र नाेभेम्बर बिक्रम नेम्बाङ लगायत जिल्ला सदस्यहरू चयन भएका छन् । ७३ जना बढीको जिल्ला कार्यसमिति बनेकाे छ ।
यसअघि १४ औँ महाधिवेशनबाट नेता कृष्णप्रसाद सिटौलाको टिमबाट हुमागाई निर्वाचित भएका थिए ।
यसअघिका सहसचिव कालेन्द्र राहवंशी बाहेकका जिल्ला पधाधिकारी गगन थापा र बिश्वप्रकाश शर्माको टिममा गएका छन । त्यसबेला झापा कार्यसमितिका सबै पदमा सिटौला समूहले जितेको थियो ।
हुमागाई यसअघि कांग्रेसकाे जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला प्रचार बिभाग प्रमुख, कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र जिल्लाको सभापति भइसकेका छन् ।
उनी लामाे समय पत्रकारितामा थिए । नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति, साप्ताहिक बिचार, रेडियो नेपाल, रासस, पूर्वाञ्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक, झुल्केघाम, नयाँ संदर्भ, जय लोकतन्त्र साप्ताहिक, स्पेशटाइम्स दैनिक, अर्जुनधारा दैनिक लगायत दर्जनौ संचार संस्थामा सम्वाददातादेखी प्रधानसम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।
हुमागाई प्रेस तथा अभिव्यक्ति सवतन्त्रताको आन्दोलनको क्रममा पटक-पटक हिरासतमा परेका थिए । २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरि सैनिक कु गरेपछि संगठन बिभाग प्रमुख कृष्ण सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताएका थिए ।




Discussion about this post