मेचीनगर, १७ कात्तिक । मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरून्जेल सम्मका लागि हटाएका कर्मचारीहरूलाई काममा फर्काएकाे छ ।
साेमबार नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीकाे अध्यक्षतामा बसेकाे कार्यापालिकाकाे वैठकले कामबाट हटाएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई काममा फर्काउने निर्णय गरेकाे हाे ।
यसअघि नगरपालिकाले संघीय सरकारकाे परिपत्र अनुसार ती कर्मचारीहरूलाई कात्तिक १ गतेदेखि करार सम्झौता रद्व गरेर हाजिर नगराउने निर्णय गरेकाे थियाे ।
तिहारकाे मुखैमा करिव १३८ जना कर्मचारी हटाएकाे विराेधमा मेचीनगरका राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विज्ञप्ति जारी गरेरै ती कर्मचारी नहटाउन अनुराेध गरेकाे थियाे ।
नेपाल नगरपालिका कर्मचारी एशाेसिएशन मेचीनगर ईकाइले पनि वर्षाैँदेखि काम गरिरहेका कर्मचारीहरूलाई हठातमा निकाल्न नमिल्ने भनेर आन्दोलनमा उत्रिएको थियाे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीलेपछि स्थायी पदपूर्ति गरेका बेला प्रतिस्पर्धा गरेर पास हुने कर्मचारी बस्छन् नहुने बिस्तारै जाने बताएका छन् ।
उनका अनुसार अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुले याेग्यता र उमेरका आधारमा स्थायीमा भिड्न पाउछन् ।
काेशी प्रदेशबाट लाेकसेवाका लागि स्थायी कर्मचारी पदपूर्ति गराउन पछि परिपत्र आए उनीहरूलाई हटाउने सहमति एशाेसिएशनसँग पनि भएको छ ।




Discussion about this post