मेचीनगर, २२ कात्तिक । आज विहान करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर बाहुनडाँगीमा एक जनाकाे मृत्यु भएको छ ।
मेचीनगर-४ बाहुनडाँगी स्थित आफ्नै माछा पाेखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर ५५ बर्षीय विकास प्रधानकाे मृत्यु भएको हाे ।
विहान साढे १० वजे माछा पाेखरी छेउमा हात्तीका लागि तारबार गरिएको फेन्सिङकाे तारमा अर्काे तार जाेडेर माछालाई करेन्ट लगाउँदा उनलाई र नजिकैकाे गाईलाई समेत करेन्ट लागेर दुवैकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते प्रधानलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउन साथ ११:२० बजे डाक्टरले मृत घोषणा गरेको थियाे ।
प्रहरीले अनुसन्धान गरेर मृतककाे शवलाई पाेष्टमार्टमपछि घर ल्याउन साँझ हुने बताइएकाे छ ।




Discussion about this post