काँकरभिट्टा, २२ कात्तिक । मेचीनगर-६ मा मुख्य कार्यालय रहेकाे मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले तीन जना महिला शेयर सदस्यलाई सम्मान गरेकाे छ ।
शनिबार काँकरभिट्टा स्थित क्याम्पसकाे सभा हलमा संस्थाकाे १७ औं बार्षीक साधारण सभामा यसवर्षका उत्कृष्ट ज्येष्ठ नागरिक कर्जातर्फ सम्मानित हुने मेचीनगर-६ की अमृत लिम्बू, कर्जातर्फ मेचीनगर-६ की लारली खातुन र बचततर्फ मेचीनगर-७ की निर्मला खड्का रहेका छन् ।
उनीहरूलाई नगदसहित सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सापकाेटा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका प्रमुख प्रेमकुमार श्रेष्ठ, महालक्ष्मी कृषि सहकारी संस्था धुलाबारीकी अध्यक्ष टीका सुवेदी,
समाजसेवी विना तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एक हजार १४० जना शेयर सदस्य रहेकाे संस्थाकाे शेयर पुँजी ६३ लाख ४७ हजार २ सय, निक्षेप संकलन ६ कराेड ५९ लाख ६६ हजार ३१५ रूपैयाँ, कर्जा लगानी २ कराेड ८० लाख ३८ हजार ५ सय, काेष हिसाब ३६ लाख ९६ हजार ७३७ रूपैयाँ ५ पैसा, कुल खर्च २८ लाख ८ हजार ४१४ रूपैयाँ, कुल आम्दानी ३२ लाख ५ हजार ४५९ रूपैयाँ छ भने खुद नाफा ३ लाख ९७ हजार ४५ रूपैयाँ ९७ पैसा रहेकाे छ ।
वि.सं.२०६५ सालमा स्थापना भएको उक्त संस्थाले स्वास्थ्य शिविर, सहकारी शिक्षा तालिम, नगरलाई बाताबरण मैत्री बनाउन वृक्षराेपण लगायतका कार्यक्रमहरू, महिलालाई आत्मनिर्भर बनाउन साना उद्योगमा लगानी, संस्थाकाे स्थापना दिवसमा मानव सेवा आश्रमलाई नगद र खाद्य सामग्री वितरण, शेयर सदस्यका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्य गर्दै आएको छ ।
मखमली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत व्यवस्थापक सरस्वती मगरले र सञ्चालन सञ्चालक समिति सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।




Discussion about this post