२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा महिला गाेल्डकप 

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

कार्तिक २२, २०८२, १:२४ .शनिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २२ कात्तिक । दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ ।

त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो ।

खेलको सुरुवातदेखि नै दुबै टोली आक्रमणमुखी खेलशैलीमा उत्रिएका थिए । प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपिएफ दुवैले एकअर्कोको गोलपोस्टमा निरन्तर दबाब सिर्जना गरे ।

२६ औँ मिनेटमा एपिएफकी सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेकी थिइन् तर बल पोस्टको नजिकबाट बाहिरियो । त्यसपछि २९ औँ मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा फरवार्ड विमला चौधरीले लिएको हेडर गोलपोस्टमाथि गयो ।

३९ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङको भलिप्रहार आर्मीकी डिफेन्डरले रोकिन् ।

त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसा बोहोराको अञ्जना राना मगरसँगको वान भर्सेस वान अवसर असफल रह्यो ।

दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो । ५८ औँ मिनेटमा रश्मिकुमारी घिसिङले दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन् । तर, ६३ औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन् ।

८१ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतले दिएको क्रसमा रश्मिकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो । तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो । आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो । कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १-१ बराबरीमा पुग्यो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन् ।

आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकि विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी अञ्जना राना मगरले बचाइन् ।

असाधारण प्रदर्शन गरेकी एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । दुई विभागीय टोलीबीचको यो भिडन्त झापा महिला गोल्डकपको फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पर्सी कात्तिक २४ गते हुनेछ ।

पछिल्लो समाचार

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

Related Posts

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा
banner -1

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

कार्तिक २२, २०८२, १२:५९ .शनिबार
मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार
एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
box -2

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.