७ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जागरण अभियान

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २९ कात्तिक । नेकपा एमालेले जेन-जेड आन्दोलनपछि पहिलाे पटक देशभरी शक्ति प्रदर्शन गरेकाे छ ।

शनिबार देशभरि एमालेले जिल्ला-जिल्लामा जनजागरण अभियान मार्फत शक्ति प्रदर्शन गरेकाे हाे ।

बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा एमाले झापाले पनि जिल्लामा असंवैधानिक सरकारप्रति धावा बाेलेकाे छ ।

झापाका १५ वटै पालिकाबाट प्रतिनिधिमूलक रुपमा हजारौं युवा जेनजी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेकाे थियाे ।

सभाकी प्रमुख बक्ता एमाले केन्द्रीय कमिटी सचिव पद्मा अर्यालले संसद् पुनःस्थापना, संविधानको रक्षा, असंवैधानिक सरकारी कदम विरुद्ध दवाव सिर्जना गर्न पार्टीले देशभर जागरण सभा मार्फत अभियान सुरु गरेको दावी गरिन् ।

गत भदौ २३ गते युवा पुस्ताले गरेको आन्दोलनलाई पृष्ठभूमिमा राखेर भदौ २४ गतेको विध्वंस मच्चाइएको भन्ने प्रचारको खण्डन गर्दै अर्यालले उक्त घटनाको लागि देशद्रोहीहरुले महिनौँदेखि तयारी गरेको पोख्त प्रमाणहरु जुटिसकेको बताइन् ।

उनका अनुसार सरकारले घटनामा संलग्न दोषीहरुको पहिचान गरी कारबाही गर्ने आँट देखाएन भने जनताको मतबाट निर्वाचित प्रतिनिधिको हाम्रो सरकारले अवश्य नै देखाउँने छ ।

जेन-जी आन्दोलनका क्रममा भएका आपराधिक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गराउन सरकारलाई दवाव दिने उद्देश्यले पनि जनजागरण सभा आयोजना गरिएको उनले स्पष्ट पारिन् ।

अर्यालले भनिन् -‘एमाले राष्ट्रवादी शक्ति भएकै कारण राष्ट्रहित विपरीतका शक्तिहरूको आक्रमणमा परेको र फेरि पनि मुलुकको हितका लागि एमाले जागरुक रहेको हुँदा कार्यकर्ताहरूलाई नडगमगाउन आग्रह छ ।’

नेतृ अर्यालले जेन-जी आन्दोलनका मागहरू एमालेको पनि माग भएको बताउँदै ती मागहरू उचित ढंगले सम्बोधन हुनुपर्ने धारणा राखिन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अन्तर्राष्ट्रिय छवि धमिल्याउने गरी सामाजिक सञ्जालमा विभिन्न अफवाहहरु फिँजाउने गरिएकोले यथार्थ कुरा बुझ्न र भ्रममा नपर्न कार्यकर्ताहरुलाई सुझाइन् ।

सभालाई जिल्ला कमिटीका सचिवालय सदस्य, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) केन्द्रीय कमिटीका पूर्वसचिव मानोज ताम्ली, केन्द्रीय कमिटीका सदस्य एवम् झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले बाेलेका थिए ।

एमाले झापा अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभाकाे स्वागत उपाध्यक्ष शिव ढुंगेलले र सञ्चालन सचिव तुलसी कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

अघिल्लो समाचार

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

Related Posts

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.