मेचीनगर, ९ मंसिर । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले मचीनगरमा पेट्रोलियम पाइपलाइन निर्माण भएपछि नाकाबन्दी वा हडतालले इन्धनको अभाव नहुने बताएका छन् ।
सोमबार विहान निगमले मेचीनगर नगरपालिकाको सभा हलमा राजनीतिक दलका प्रमुखहरु वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) सम्बनधी सर्वदलिय वैठकमा बरालले यस्तो बताएका हुन् ।
नगरपालिकाले संयोजन गरेको सर्वदलिय वैठकमा बरालले प्रस्तावित सिलीगुडी-झापा पेट्रोलियम पाइपलाइन परियोजना अन्तरगतको झापातर्फ १४.६ किलोमिटर ग्रिन फिल्ड ट्रर्मिलनसहित निर्माणको कामको प्रक्रियाहरु धमाधम भइरहेको छ । चारआलीमा निर्माण हुने भण्डारण केन्द्रमा १.५ मिलियन पेट्रोलियम पदार्थ खपत हुनेछ ।
भारततर्फ सिलीगुडीदेखि चारआली डिपोसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तार हुनेछ । जसमा सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र यता मेचीपुलदेखि चारआलीसम्म १४ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । नेपालमा अमलेखगञ्ज पछिको दोस्रो परियोजना झापामा निर्माणको तयारीमा रहेको छ ।
ट्रकहरु लोड अनलोडसहितको पार्किङ हुनेछ । एउटा गाडीले २० मिनेटमा २० हजार लिटर इन्धन भर्न सकिने उनको भनाई छ । एउटै पाइपलाइनबाट तीन प्रकारको इन्धन आउछ । जसमा प्रविधिबाटै पेट्रोल, डिजल र मट्टितेल एउटै पाइपबाट आउने छ ।
बरालका अनुसार एकदम सुरक्षित रहने पाइपको नेपाली सेनाको निगरानी र निगमका कर्मचारीहरुले जीपीएस प्रविधि जडान गरेर रेखदेख गरिरहेको हुन्छन् । नेपाल वा भारतमा हडताल, नाकाबन्दी जे भएपनि पेट्रोलियम पाइपलाइनबाट इन्धन सधै सहजरुपमा आउने उनको दावी छ ।
पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारत सरकारले ६ अर्ब ८६ करोड ४० लाख अनुदान दिएको छ । मेचीनगरको ६, ७, ८, १०, १३ र १४ नम्बर वडाका केहि क्षेत्रमा पेट्रोलियम पाइपलाइन विस्तार हुनेछ ।
मेचीनगर-१३ को २३ विघा ३ कठ्ठा १३ धुर जग्गामा पेट्रोलियम पदार्थको भण्डारणसहितको ग्रिन फिल्ड ट्रर्मिलन बन्दै गरेको अवस्था छ ।
ग्रिन फिल्ड ट्रर्मिलनका लागि निगमले स्थानीयबासी, स्थानीय सरकार, सरोकारवाला, दलका प्रमुखहरुसँग वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम पनि गरिसकेको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले इनधन अभाव हुन नदिन निगमको योजना ठिक रहेको बताए । उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेपाली कांग्रैसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले जिल्ला सदस्य कृष्ण कनाल, नगर अध्यक्ष राजु कार्की, स्थानीय नेताहरु प्रकाश भण्डारी, माधव अर्याल लगायतले धारणा राखेका थिए ।
यता कोशी प्रदेश सभा सदस्य सविना बजगाईले स्थानीयको जग्गा मिचेको भन्दै निगम विरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकोले पुनविचार गर्न माग गरेकी थिइन् ।
नायव कार्यकारी निर्देशक बरालले अदालतमा विचाराधीन रहेको स्थानीयको केहि जग्गामा परियोजनाको संरचना नबनाइएको बताए ।अदालतले पछि जे निर्णय गर्छ, सोही अनुसार गर्ने भनेर केहि जग्गामा परियोजना निर्माण नगरिएको उनले स्पष्ट पारे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा निगमका तर्फबाट नायव कार्यकारी निर्देशक दीपक बराल, निर्देशक इन्जिनियर वीनितमणि उपाध्यय, प्रोजेक्ट म्यानेजर सुरेन्द्र महतो, परियोजनाका परामर्शदाता रेडनट इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिका बातावरणीय विज्ञ रामकुमार तामाङले सांसद, स्थानीय सरकार, सरोकारवाला, जनप्रतिनिधि र स्थानीयबासीहरुको सुझाव र जिज्ञासालाई अध्ययन गरेर प्रतिवेदन तयार गरिने निगमको भनाई छ ।
कार्यक्रमको सहजीकरण हवाई इनधन डिपो भद्रपुर कार्यालयका प्रमुख सन्दिप रिमालले गरेका थिए ।





Discussion about this post