झापा, ११ मंसिर । नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा ३८ प्रतिनिधि छनाैटका लागि झापामा १४८ जनाले उम्मेदवारी दिएका छन् ।
आज भएको छनाैटमा झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
महाधिवेशनमा खुल्लाबाट १९ जना, महिला १२ जना, युवा ५ जना र दलित २ जना प्रतिनिधि सहभागी हुने झापा पार्टी सचिव छविलाल विश्वकर्माले बताए ।
खुल्लामा १०२ जना, महिला ४२ जना, युवा ३३ जना र दलितमा ७ जनाले उम्मेदवारी दर्ता गराएकाे उनले जानकारी दिए ।
झापा क्षेत्र नं. १ को खुल्लामा ३ जनाका लागि ६, महिला २ का लागि ३, युवामा १ का लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै क्षेत्र नं. २ को खुल्लामा ५ जनाका लागि ३३, महिला ३ का लागि ६, युवा १ का लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ३ को खुल्लामा ३ जनाका लागि १३, महिला २ का लागि ५, युवा १ का लागि ७ जनाले उम्मेदवारी दिए ।
क्षेत्र नं. ४ को खुल्लामा ४ जनाका लागि १०, महिला २ का लागि ४, युवा १ का लागि २ जनाले उम्मेदवारी दिएका छन् ।
र, यस्तै क्षेत्र नं. ५ को खुल्लामा ४ जनाका लागि २१, महिला ३ का लागि १२, युवा १ का लागि ६ जनाले उम्मेदवारी दिए ।
उम्मेदवारी दिएकाहरू मध्ये ३८ जना सर्वसम्मत प्रतिनिधि छनाैट गरिने एमाले झापा निर्वाचन विभाग प्रमुख दिपेन्द्र लम्सालले बताए ।
प्रतिनिधिका लागि उम्मेदवारी दिनेहरुलाई गुट र समूह निर्माण नगर्न उनले आग्रह गरेका छन् ।
उनले भने-´यही मंसिर १२ गते उम्मेदवारी फिर्ताको समय छ । मंसिर १३ गते सहमति नभए निर्वाचनबाट प्रतिनिधि छनौट गरिने छ ।`




Discussion about this post