मेचीनगर, १५ मंसिर । मेचीनगर नगरपालिकाले क्याम्पसका विद्यार्थी र पुनःस्थापना केन्द्रका स्वयसेवकहरुलाई लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना दिइएको छ ।
सोमबार विश्व एड्स दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको उक्त कार्यक्रको अध्यक्षता शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेका थियो । प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले सबै मिलेर लैङ्गिक हिंसा न्यूनिकरण गर्नसके एड्स लगायतका रोगहरु नलाग्ने बताए ।
नगरका चार वटा क्याम्पसका विद्यार्थी र पुनःस्थापना केन्द्रका स्वयसेवकहरुसहित करिव ८० जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई सामाजिक अभियन्ताद्वय सोमराज ढकाल र गोविन्द न्यौपानेले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको स्वागत केश म्यानेजर अरुणा चौधरीले र सहजीकरण महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।
‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ नगरपालिकाले १६ दिनसम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइरहेको छ ।




Discussion about this post