२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

विद्यालयमा लैङ्गिक हिंसा रोक्न ‘पुरुष सञ्जाल’को तयारी

मंसिर २६, २०८२, १:३१ .शुक्रबार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ मंसिर । विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनिकरण गर्नका लागि मेचीनगर नगरपालिकाले गठन गरेको पुरुष सञ्जालले सचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गर्ने तयारीका बारेमा छलफल गरेको हो ।

आगामी पुस पहिलो हप्तादेखि सुरु हुने पहिलो चरणको लैङ्गिक हिंसा न्यूनिकरणको सचेतनामुलक कार्यक्रम नगरका दश वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गराइने भएको छ ।

पहिलो चरणमा दश वटा माविमा मेचीनगर–१ को पवित्र मावि, वडा नम्बर २ को भानु मावि, ४ नम्बर वडाको सरस्वती मावि, वडा नम्बर ६ को काँकरभिट्टा मावि, ७ को अरनिको मावि, ८ नम्बर वडाको आदर्श मावि, ११ नम्बर वडाको बलभद्र मावि, १२ को सरस्वती बाल कल्याण मावि, १३ नम्बर वडाको शहिद दशरथ चन्द मावि र वडा नम्बर १५ को ज्यामिरगढी मावि रहेका छन् ।

लैङ्गिक हिंसा भनेको मानवअधिकारको उल्लघंन हो, यी कार्यहरु सार्वजनिक वा निजी स्थान जहाँ पनि हुन सक्छ । यसले व्यक्तिको स्वास्थ्य, सुरक्षा र आत्मसम्मान समेतलाई कमजोर बनाउँछ । शारीरिक, यौन, मानसिक हानी वा पीडादायी कार्य, त्यस्ता कार्यहरु गर्ने, धम्की दिने, जवरजस्ती गर्ने, स्वतन्त्रताबाट बन्चित गर्ने लगायतका कार्य यसमा पर्दछन् ।

महिला र पुरुषको असमान शक्ति सम्बन्धको कारण अधिकांश पीडित महिला र किशोरीहरु पर्ने गर्छन् । यद्यपी पुरुष, किशोर र केटाहरु पनि लैङ्गिक हिंसाबाट प्रभावित नभएका होइनन् ।

संविधानमा लैङ्गिक समानता वा समतामूलक कानुन तथा नीतिहरु बनेका छन् । तर, पनि समाजमा हिंसा रोकिएको छैन् । लैङ्गिक हिंसा अन्त्यका लागि पनि रणनीतिक प्रवेश विन्दुका रुपमा पुरुष सञ्जालको अवधारणा ल्याएको छ । असामान्य वा सामान्यीकरण गरिएका लैङ्गिक भूमिकालाई चुनौति दिन, हानिकारक अभ्यास रोक्न, सकारात्मक पुरुष प्रवर्द्धन गर्न यसको मुख्य भूमिका रहने छ ।

सञ्जालले विद्यालयस्तरमा आफ्नो बुझाई, ज्ञान, सीप, सकारात्मक दृष्टिकोण, क्षमता अभिवृद्विलाई शिक्षक, विद्यार्थी र समुदायमा सक्रिय सहभागीसँगै सुरक्षित, समावेशी तथा लैङ्गिक उत्तरदायी बनाउने छ ।

विद्यालय प्रशासनसँग सहजीकरण गरेर विद्यार्थीहरुको गुनासो, यौन दुव्र्यवहार, अनैतिक कार्य, बलात्कार लगायतका लैङ्गिक हिंसाका घटनालाई सुष्म अध्ययन गरेर सञ्जालले हेर्ने छ ।

शुक्रबार नगरको १५ जना र प्रत्येक वडाका २÷२ जना गरेर ४५ जना रहेका सञ्जालका संयोजक तथा सदस्यहरुसँग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाकी महिला सेल प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले विद्यालयहरुमा बालबालिका, किशोर–किशोरीप्रति हुने हिंसा लगायतका विषयमा छलफल गरेका थिए ।

पहिलो चरणको सचेतनामूलक कार्यक्रम सकिएपछि थप अन्य सामुदायिक मावि र संस्थागत विद्यालयहरुमा पनि यस्ता प्रकारका कार्यक्रम गर्दै लाने नगरपालिकाको योजना रहेको छ ।

पुरुष सञ्जाल मेचीनगरका संयोजक मोहन काजीको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समाचार

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

अघिल्लो समाचार

एमाले अजम्बरी छ : ओली

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.