झापा, ५ माघ । राजावादी नेता दुर्गा प्रसाई पोखराबाट पक्राउ परेका छन् ।
मेडिकल व्यवसायी समेत रहेका नेता प्रसाईले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ ।
कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाईले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।
प्रसाईलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचार गरेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक रहेका प्रसाई सोमबार कार्यक्रमका लागि पोखरा गएका थिए ।
मानिस पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं उपस्थित गराइदिन पठाएको पत्रानुसार कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए ।
निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका उनले भर्खरै मात्र सरकारसँग सम्झौता गरेका थिए ।




Discussion about this post