
मेचीनगर, ६ माघ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि झापामा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
झापा–१, २, ३, ४ र ५ नं. क्षेत्रमा हेभिवेटसहित १७ जना स्वतन्त्र र ७३ जना दलका नेताहरुले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रहरु झापा–१ बाट २ जना, दुईबाट ३ जना, तीनबाट २ जना, चारबाट एक जना र पाँचबाट ९ जना गरी १७ जना रहेका छन् ।
झापा–५ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कम्यूनिष्ट पार्टीबाट रञ्जित तामाङ लगायत स्वतन्त्रसहित २४ ले उम्मेदवारी दिएका छन् ।
झापा–४ मा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, एमाले नेता एलपी साँवा लिम्बू लगायत स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् ।
झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसबाट राजेन्द्र घिमिरे लगायत स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै झापा–२ मा संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांग्रेसकी सरिता प्रसाई, राप्रपाबाट भद्रप्रसाद नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे लगायत स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा–१ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अशेष घिमिरे, राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट हेमराज कार्की, श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राई, स्वतन्त्रमा मेचीनगर–८ निवासी गणेशप्रसाद खरेल र बुद्वशान्ति गाउँपालिका–५ का दुर्गाप्रसाद सावाँ लिम्बुसहित १५ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
देशभरीबाट स्वतन्त्रसहित दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।




Discussion about this post