मेचीनगर, ९ माघ । नेकपा एमालेबाट झापा–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र उप्रेतीले चुनाव जित्न जनताको मनमा बस्न सक्नु पर्ने वताएका छन् ।
प्रेस चौतारी निकटका पत्रकारहरूसँगको हालैको भेटघाटमा उप्रेतीले खर्चिलो र भड्किलो बनाएर चुनाव नजितिनेमा आफू ढुक्क रहेको बताएका हुन् ।
ठुला–ठुल्ला जुलुस, र्याली, तामझाम र बाजागाँजाले जनताको मन छुँदैन’ उम्मेदवार उप्रेतीले भने–‘चुनावलाई खर्चिलो र भड्किलो बनाउने पक्षमा म छैन् । किसान, मजदुर, व्यवसायी र भुईमान्छेको घरमा प्रायः म पुगिरहेको हुन्छु । उहाँहरूको सुखःदुखमा म सधैं साथमा छु ।’
उनले भने–‘२०३४ सालदेखि म निरन्तर यहीँको भूगोलमा बसेर सामाजिक गतिविधि, पार्टी र सहकारी अभियानमा लागिरहेको छु ।’
सालिन, इमानदार र भ्रष्टाचारको विरोधी उप्रेती साहित्यकार, लेखक र सहकारी अभियन्ताको रूपमा परिचित छन् ।
देशकै ठुला सहकारी मध्ये नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापालाई उचाईमा पुर्याउन सफल व्यवसायीका रूपमा रहेका उप्रेतीले सहकारीमा ‘एनएमसी टाइम’ समेत लागू गरेका छन् ।
एनएमसीको हरेक कार्यक्रम, गतिविधि, क्रियाकलाप, कर्मचारी, बैंकिङ क्षेत्र लगायत सबैमा समयको महत्वलाई ध्यान दिइएको छ ।उनका अनुसार आफ्नो पार्टी, सामाजिक र सहकारी क्षेत्रमा धेरै लामो समयदेखि काम गरिरहेको छु । पार्टीले मलाई योग्य ठानेर उम्मेदवार बनाएको छ । उमेरको हिसावले पनि यो चुनाव मेरो लागि अन्तिम पटकको उम्मेदवारी हो । उनी अहिले ६६ वर्ष पुगेका छन् ।
उम्मेदवार उप्रेतीले केहि दिनअघि प्रेस चौतारीका अम्बिका भण्डारी, लक्ष्मी उप्रेती, प्रकाश पौडेल, युवराज आचार्य, किशोर उपरकोटी, गगन ढकाल लगायतसँग भेटघाट गरेका थिए ।




Discussion about this post