४ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’

माघ १७, २०८२, ९:०२ .शनिबार
0
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ माघ । निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अयुक्त प्रमुख न्यायाधीश उमेशकुमार लुइँटेलले आचारसंहिता पालना नगर्ने उम्मेद्वार विरुद्ध उजुरी परे कारवाही गर्ने बताएका छन् ।

झापा क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार सरोकारवालासँगको छलफलमा प्रमुख निर्वाचन अयुक्त लुइँटेलले यस्तो कुरा बताएका हुन् ।

‘मर्यादित, भयरहित र स्वच्छ ढंगले निर्वाचन सफल बनाउन सबैलाई आग्रह छ’, लुइँटेलले भने–‘दलले आचारसंहिता उल्लंघन गर्दै होडिङ बोर्ड, झण्डा र ब्यानर राखेर प्रचारप्रसार कार्यालय राख्न मिल्दैन । तुरुन्त हटाउन पर्छ ।’

आगामी फागुन ४ गतेअघि ब्याच, कार्ड, टोपी, झण्डा छपाई गरेको पाइएमा प्रमाणको आधारमा त्यस्ता छापाखाना सिल गर्नसक्ने सम्मको नियम रहेको बताइएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता अनुसार अहिले निर्वाचन सम्बन्धि प्रचारप्रसार, घरदैलो कार्यक्रम गर्न नमिल्ने बताए । उनले झापाका पाँच वटै क्षेत्रका उम्मेदवारहरुलाई आचारसंहिता सम्बन्धी जानकारी गराइएको दावी गरे ।

झापामा शान्तिपूर्ण र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मी, कर्मचारी, मतदान स्थालको ब्यवस्थापन लगायतका सबै तयारी पूरा भएको सिडिओ गेलालले बताए ।

कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपाल, सहायम प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सुरक्षाकर्मीको ब्यवस्थापन तथा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए ।

झापा–१ का निर्वाचन अधिकृत गोपी बिश्वकर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त बातावरणमा सम्पन्न गर्नका लागि पालना गर्नु पर्ने आचारसंहिता र व्यवस्थापनका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा झापा–१ का १५ जना उम्मेदवार र त्यसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले आचारसंहिता र व्यवस्थापनका विषयमा जिज्ञासा राखेका थिए ।

निर्वाचन कार्यालय झापाले निर्वाचन आचारसंहिताको बिषयमा उम्मेद्वार र सम्बन्धित दललाई सचेत गराउने उद्देश्यले जिल्लाका पाँच वटै क्षेत्रमा छलफल सुरु गरेको छ । कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत टेकबहादुर श्रेष्ठले गरेका थिए ।

पछिल्लो समाचार

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

अघिल्लो समाचार

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

Related Posts

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै
banner

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै

बैशाख ४, २०८३, २:०८ .शुक्रबार
फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.