
मेचीनगर, १६ माघ । महिला जनचेतना केन्द्रले झापाको तीन पालिकामा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण अन्तरगत अभिभावकहरूसँग कानुनी उपचार सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ ।
केन्द्रले गरिवी र अशिक्षाको चरम चपेटामा परेका अति विपन्न वर्गका बालबालिकाहरुका अभिभावकहरुसँग उक्त विषयमा छलफल चलाएको थियो ।
झापाको मेचीनगर नगरपालिका, कचनकवल र बाह्रदशी गाउँपालिकाका किशोर–किशोरीहरुका अभिभावकहरुसँग बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण गर्नका लागि कानुनी उपचारका विषयमा छलफल गरिएको छ ।
शुक्रबार बाह्दशी–७ स्थित वडा कार्यालयमा भेला भएका अभिभावकहरुलाई केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की, अध्यक्ष सिता गुरुङ, कार्यक्रम संयोजक मनिला उप्रेती सुवेदी लगायतले कार्यक्रमको उदेश्य बारेमा जानकारी गराएका थिए ।
बाह्दशीमा कार्यक्रमकाे सहजीकरण केन्द्रकी सामाजिक परिचालिका पूजाकुमारी कामेतले गरेकी थिइन् ।
ग्रामिण भेगका अधिकांश विपन्न परिवारका अभिभावकहरूले सानै उमेरमा आफ्ना छोरा–छोरीहरूलाई विवाह गराईदिने चलन छ ।
विपन्न, गरिबी र अशिक्षाका कारण धेरै जसो लोपोन्मुख समुदायमा यस्ता घट्नाहरू भएको पाइन्छ । बाल विवाह गर्नु अपराध हो भनेर विभिन्न सामाजिक संघ–संस्थाहरूले पनि गाउँ–गाउँमा गएर सचेतना दिने काम गरिरहेका छन् ।
उमेर नपुगिकन विवाह गराउनु हुँदैन, किशोरीहरूको आफ्नो अधिकार र निर्णयलाई अभिभावकहरूले जवरजस्ती गरेर विवाह गराउन हुँदैन, यस्ता विषयमा अभिभावक र बालबालिकाहरुलाई बुझाउन पनि अन्तरक्रिया गरिएको थियो । सरकारले २० वर्ष भन्दा मुनिका किशोरी तथा किशोरहरूसँग विवाह गर्न नपाउने कानुन रहेको छ ।
यस्ता गतिविधिलाई रोक्न पनि केन्द्रले गाउँ घरमा नै पुगेर अभिभावकलाई कानुनी कुरा बुझाउन पनि सहजकर्ताका रूपमा अधिवक्ता टिकाप्रसाद कडेल लगायतको टिम खटिएको थियो ।




Discussion about this post