

काँकरभिट्टा, २५ माघ । मेचीनगर नगरपालिकाको आयोजनामा बुधबारदेखि छैटौँ मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ ।
काँकरभिट्टा माविको संयोजन रहेको प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी बन्ने छन् । खेल बुधबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न नगर खेलकुद विकास समिति अध्यक्ष ह्दय राजवंशीको संयोजकत्वमा २० सदस्यीय मूल समिति बनेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक समितिका सदस्य सचिव एवम् काँकरभिट्टा माविका प्रधानाध्यापक देबेन्द्र निरौलाले जानकारी दिए ।
प्रतियोगितामा नगरका १७ सामुदायिक तथा ४० संस्थागत गरी ५७ माध्यमिक तथा अन्य केही आधारभूत विद्यालय सहभागी बन्ने निरौलाको भनाई छ ।
प्रतियोगितामा समूहगत खेलतर्फ भलिबल, कबड्डी, मार्सलआर्टतर्फ कराँते, उसु वा तेक्वान्दो साथै एथ्लेटिक्स गरी कुल ३५ वटा विद्यामा ६४ पदकका खेल सञ्चालन हुने छ ।
जसअन्तर्गत एथ्लेटिक्सतर्फ सहभागी हुँदा १ खेलाडीले १ फिल्ड २ ट्«याक वा २ फिल्ड १ ट्«याकमा मात्र सहभागी हुन पाउने छ ।
त्यस्तै भलिबल, कबड्डी तथा मार्सलआर्टतर्फ सहभागी बन्ने खेलाडीले अन्य विद्यामा सहभागी हुन पाउने छैन् ।
सबैभन्दा धेरै पदक हात पार्दै अंक तालिकामा उत्कृष्ट रहने विद्यालय नगरस्तरीय प्रतियोगिताको च्याम्पियन बन्नेछ ।
आइतबार सम्ममा २० वटा विद्यालयले दर्ता गरिसकेको छ । विद्यालयहरुले तोकिएको समयमा दर्ता गर्न ढिलाई गर्दा टाइसिट निर्माण लगायतका तयारी गर्न कठिनाई भइरहेको सचिवालय स्रोतले बताएको छ । यथासक्य चाँडो टिम सहभागी गराउँन समेत सचिवालयले अनुरोध गरेको छ ।




Discussion about this post