मेचीनगर, २५ माघ । मेचीनगर नगरपालिकाले आइतबारदेखि पाँच दिनसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु गरेको छ ।
नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले आजदेखि यही माघ २९ गतेसम्म ‘एचपीभी खोप’ अभियान सुरु गरेको जानकारी दिइन् ।
नगरका विद्यालय अन्तरगत रहेका ७९ वटा केन्द्रका कक्षा ६ मा पढ्ने एक हजार ५८५ जना किशोरीहरुलाई ‘एचपीभी खोप’ लगाइने लक्ष्य रहेको उनको भनाई छ ।
सामुदायिक, नीजि विद्यालय तथा विद्यालय बाहिरका गरी जम्मा एक हजार ५८५ जना किशोरीहरुलाई ‘एचपीभी खोप’ लगाइने लक्ष्य रहेको उनको भनाई छ ।
खोप अभियान सञ्चालनका लागि नगरभित्र ७९ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यसपटक कक्षा ६ मा पढ्ने छात्राहरुलाई खोप दिने उदेश्य रहेको छ । आजै ४७९ जना किशोरीहरुले उक्त खोप लगाएका छन् ।
गतवर्ष राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको सापकोटाले बताइन् ।




Discussion about this post